राष्ट्रिय बीमा संस्थान ५४ औं वर्षमा प्रवेश

  २०७७ फागुन ११ गते १७:००     विकासन्युज

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५४ औं वर्षमा प्रवेश गरेको छ ।

संस्थान ५४ औं वर्ष प्रवेश गरेको अवसरमा मङ्गलबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रतिष्पर्धी बीमा बजारमा अगाडि बढ्न आग्रह गरे ।

उनले भने,  ‘संस्थानले पारदर्शिता र सुशासनको माध्यमद्घारा सर्वसाधारणको संस्थानप्रतिकाृ विश्वसनियता बढाउँदै छिटो छरितो, गुणस्तरीय र प्रविधिमैत्री सेवामार्फत आफ्नो प्रतिष्ठा बढाउनुस् ।’

जीवन बीमा सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पु¥याइ बीमाको पहुँच र दायरामा बढ्दै गर्दा संस्थागत सुशासन र वित्तीय पारदर्शितालाई केन्द्रमा राखी गतिविधि अघि बढाउन उनको आग्रह थियो ।

यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले प्रतिष्पर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै सबै बीमा कम्पनीहरुलाई अगाडि बढ्न संस्थाललाई आग्रह गरे ।

संस्थानका प्रशासक कवि प्रसाद पाठकले चालु आ.व.को पौष मसान्तसम्ममा नेपालमा सञ्चालित जीवन बीमा सेवा प्रदायकहरुले संकलित बीमा शुल्क ६६ अर्ब १६ करोड मध्ये संस्थानले पाँच अर्ब ६८ करोड संकलन गरी बीमा शुल्क संकलनमा संस्थानको बजार हिस्सा ८.५९ प्रतिशत रहेको जानकारी दिए ।

उनले जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौंथो र बीमाशुल्क संकलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको पनि बताए । सो अवधिमा कुल बीमा लेख संख्या ९१ लाख ५१ हजार ६८७ रहेकोमा संस्थान सात लाख ३५ हजार ८१९ बीमालेख सहित पाचौं स्थानमा रहेको प्रशासक पाठकले बताए ।

संस्थाले वार्षिकाेत्सवको अवसरमा नयाँ प्रडक्ट आवधिक जीवन बीमा (टर्म लाइफ इन्स्योरेन्स) पनि सार्वजनिक गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.