दराज हाट बजार: एक रुपैयाँ मै पाउनुहोस डिशहोम फाईबर नेटको ६ महिनाको प्याकेज

  २०७७ फागुन ११ गते १६:२९     विकासन्युज

काठमाडाैं । बुधबारदेखि सुरु हुने दराज हाट बजारमा अब १ रुपैयाँमा नै डिशहोमको फाईबर नेटको ६ महिनाको प्याकेज जित्न सकिनेछ ।

अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोमबीचको सहकार्य अनुरुप दराज हाट बजारमा सात हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल १ रुपैयाँको गेममा भाग लिएर जित्न सकिनेछ ।

यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्बाे प्याकेज पनि आकर्षक छुटमा दराज मार्फत खरिद गर्न सकिनेछ ।

ग्राहकहरुलाई थप सेवा सुविधा दिने उद्देश्यले दराजसँगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मुल्यमा अनलाईन मार्फत खरिद गर्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.