बढ्यो सर्वोत्तम सिमेन्टको क्षमता, प्रतिदिन ६० हजार बोरा उत्पादन

  २०७७ फागुन ११ गते १६:१८     विकासन्युज

काठमाडौं । नेपालको मध्य भाग नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम समेन्टले आफ्नो क्षमता बढाएको छ । दैनिक ४० हजार सिमेन्ट उत्पादन गरिरहेको कम्पनीले प्रतिदिन ६० हजार बोरा सिमेन्ट उत्पादन गर्न थालेको हो ।

कम्पनीले पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । आफ्नोसिमेन्ट उत्पादन बढेपछि उपभोक्ताहरु माझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच अझै सरल तथा सुलभ बन्ने कम्पनीको जनाएको छ ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि।आर।एम। प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो ।

आइ।एस।ओ। ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वोत्तम ओ।पि।सि र सौरभ ग्रिन पि।पि।सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ ।

यस उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न यस कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.