आशा लघुवित्तको दुई दिने व्यवस्थापकीय क्षमता अभिवृद्धि तालिम सम्पन्न

  २०७७ फागुन ११ गते १३:५५     विकासन्युज

काठमाडाैं । आशा लघुवित्तले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने व्यवस्थापकीय क्षमता अभिबृूद्धि तालिम सम्पन्न गरेको छ ।

आइतबार र साेमबार सौराहा चितवनमा आयोजित तालिम कार्यक्रममा देशभर संचालित ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत ५५ जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा व्यवस्थापकीय क्षमता अभिवृद्धि सम्बन्धी तालिमा खगेन्द्र तिम्सिना तथा धितो सम्बन्धी नाप नक्सा प्रशिक्षण सुमन कोइरालाले दिएका थिए । साथै उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा, दिपेन्द्र खनाल तथा राम कृष्ण न्यौपानेले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा तालीम प्रदान गरेका थिए ।

नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘विपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार सुरु गरेको हो ।

हालसम्म यस संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ६१ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाले हालसम्म करीब ३ अर्ब ३५ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्ब १० करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.