दुई घण्टामै ८४ अंकले घट्यो नेप्से, निफ्राको सेयर मूल्य १० प्रतिशतले घट्दा चन्द्रागिरीको बढ्यो

  २०७७ फागुन ११ गते १३:२५     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजारमा उच्च गिरावट देखिएको छ । बजार खुलेको २ घण्टाको अवधिमा नेप्से परिसूचक ८४ अंकले घटिसकेको छ । जुन अधिल्लो कारोबारको तुलनामा ३.२५ प्रतिशतले घटेर २५२२.८९ बिन्दुमा पुगेको छ ।

दिउँसो एक बजेर ४ मिनेट जाँदा बजारमा ५ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिसम्ममा १९८ कम्पनीको ९९ लाख ७३ हजार ६२० कित्ता सेयर किनबेच भएका छन् । जसमध्ये सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर कारोबार भएको छ । बैंकको ६८ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ ।

उच्च कारोबार भएको बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर सकारात्मक सर्किट लागेको निफ्राको सेयर मूल्यमा आजभने १० प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको छ । सोमबार प्रतिकित्ता ६६० रुपैयाँ पुगेको बैंकको सेयर मूल्य मंगलबार ६६ रुपैयाँले घटेर प्रतिकित्ता ५९४ रुपैयाँमा झरेको छ ।

त्यस्तै, बढी गुमाउनेको अग्रस्थानमा निफ्रा नै अगाडि रहेको छ । त्यस्तै, बाँकी ३ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले घटेको छ । नेपाल हाइड्रो डेभलपर्सको ९.९४, शिवश्री हाइड्रोको ९.२७ र आँखुखोला जलविद्युतको सेयर मूल्य ९.०९ प्रतिशतले घटेको छ ।

उता कमाउनेमा ६ वटा कम्पनी मात्रै रहेका छन् । सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । त्यस्तै, चन्द्रागिरी हिल्सको ३.७३, अपि पावरको ३.३७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

यो समाचार तयार पर्दासम्म सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये सबैभन्दा बढी जीवन बीमा समूह ६२० अंकले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.