मंगलबार ११ सयले बढ्यो सुनको मूल्य

  २०७७ फागुन ११ गते १०:५४     विकासन्युज

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ८९ हजारमा कारोबार भइरहेको सुन मंगलबार ११ सय रुपैयाँले प्रतितोला ९० हजार १ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेको छ । हिजाे ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला ११ सयले बढेर ८९ हजार ६५० रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला १३६० रुपैयाँ कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.