आईप्लेक्स मलमा शाओमीको नयाँ आधिकारिक सर्भिस सेन्टर संचालन

  २०७७ फागुन ११ गते ९:३९     विकासन्युज

काठमाडाैं । शाओमीले साेमबार नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएकाे गरेको छ ।

शाओमीले काठमाडौंको आईप्लेक्स मलमा सर्भिस सेन्टर संचालनमा ल्याएकाे हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा,नारायणघाट,नेपालगन्ज र इटहरीमा रहेका छन् ।

सर्भिस सेन्टरकाे उद्घाटनकाे अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले नयाँ सर्भिस सेन्टरले नेपालभरका हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने आफ्नाे प्रतिबद्धतालाई अझ मजबुद बनाउने बताए ।

उक्त नयाँ सर्भिस सेन्टरकाे समुद्घाटनकाे अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादहरूमा फ्री सर्भिस क्याम्प ,वारेन्टी कार्ड भएका र नभएका सम्पूर्णका लागि एक हप्तासम्म प्रदान गर्ने जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.