हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पुरा गरेपनि देश सुन्दर हुन्छ- कुलमान घिसिङ

  २०७७ फागुन १० गते २१:३६     विकासन्युज


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पुरा गरेपनि देश सुन्दर हुने बताएका छन् । सोमबार काठमाडौँमा विद्यार्थीहरुमाझ भएको एक कार्यक्रममा बोल्दै पूर्व कार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै सो बताएका हुन् ।

साथै, उनले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य सँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताए । आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताएका छन् । उनले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसक्ने भन्दै राजनीति बदलिनुपर्ने बताएका हुन् ।

देशले सामाजिक रुपान्तरणको भारी बोक्न नसकेकोले राजनीति, प्रशासन, सिंगो समाज र मानिसहरुको मानसिकता रुपान्तरणको लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रवक्ता शर्माले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा राजनीतिक दलहरुको झण्डा भन्दा बलियो बन्नुपर्ने बताए । आजका युगका विद्यार्थीहरुले डाक्टर, इन्जिनियर बन्छु भनेर मात्रै होईन बदलिएको नेपालको नागरिक बन्न र आफ्नो कारणले कसैलाई कुनै असर नपर्ने बन्ने चाहाना राख्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.