बजारमा पैसा ह्वारह्वार्ती, निक्षेप ३२० अर्बले बढ्दा कर्जा ४५७ अर्बले बढ्यो

  २०७७ फागुन १० गते २१:०३     विकासन्युज

काठमाडौं । कोभिड–१९ को महामारीपछि आर्थिक गतिविधिले तिब्रता पाएको छ । अर्थतन्त्रका धेरै परिसूचकको वृद्धिदर उच्च रहेको तथ्याङ्क राष्ट्र बैंकले प्रकाशन गरिरहेको बैंलामा बैंकिङ क्षेत्रमा पैसा ह्वारह्वार्ती चलेको छ ।

नेपाल बैंकर्स संघका अनुसार अहिले बैंक तथा वित्तिय क्षेत्रमा निक्षेप संकलन अहिलेसम्म कै उच्च विन्दुमा पुगेको छ भने कर्जा लगानी पनि उच्चदरमा वृद्धि भईरहेको छ ।
संघको अनुसार फागुन ११ गते बाणिज्य बैंकहरुमा मात्र निक्षेप करिव ३७ खर्ब ९९ अर्ब रुपैयाँ भएको छ । त्यस्तै कर्जा लगानी ३३ खर्ब ३५ अर्ब रुपैयाँ भएको छ । निक्षेप रकम जीडीपी भन्दा पनि बढी हो भने कर्जा जीडीपीभन्दा केही कम रहेको छ ।

पछिल्लो समय सेयर बजार तथा घरजग्गा बजारमा मूल्य र कारोबार दुबै बढेको छ । आयात तथा निर्यात व्यापार पनि बढेको छ । रेमिट्यान्स कारोबार पनि बढेको छ । सरकारी राजश्व पनि वृद्धि भएको छ । यतिबेला बैंकहरुमा पैसाको चलायमान उच्च दरमा रहेको छ ।

गत माघ महिनामा ५ अर्बले निक्षेप वृद्धि हुँदा कर्जा ७४ अर्ब रुपैयाँले वृद्धि भएको छ । पुस महिनामा ८८ अर्बले निक्षेप वृद्धि हुँदा कर्जा १४३ अर्ब रुपैयाँले वृद्धि भएको छ ।
संघका अनुसार चालु आर्थिक वर्षमा बैंकहरुमा ३ खर्ब २० अर्ब रुपैयाँ निक्षेप बढेको छ भने ४ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

यस अवधिमा बैंकहरुको निक्षेप वृद्धि भन्दा कर्जा लगनी १ खर्ब ३७ अर्ब रुपैयाँले बढिरहेको छ । कोभिडपछि अधिक तरलताको प्रभावले बैंकहरुले निक्षेप र कर्जा दुबैमा व्याज घटाएपछि निक्षेप वृद्धि भन्दा कर्जा लागनी वृद्धि बढी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.