आकर्षक विशेषतासहित नेपाली बजारमा आयो ‘निशान म्यागनाईट’, यस्तो छ मूल्य

  २०७७ फागुन १० गते १९:०८     विकासन्युज

काठमाडौं । निशान गाडीको अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निशान म्यागनाईट गाडी सार्वजनिक गरेको छ । नेपालको लागि आधिकारीक विक्रेता पायोनिरले निशानको नयाँ एसयुभी गाडी निशान म्यागनाईटको सोमबार एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो ।

पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक संदीपकुमार शारदाले प्रख्यात भारतीय कम्पनी निशानको यो मोडेलको गाडीको पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भएको बताएका छन् । साथै, उनले अब यो गाडी देशभरका सोरुमहरुमा डिस्प्लेमा राखिने बताएका छन् ।

यो गाडी बिग, बोल्ड, विशेष र आकर्षक रहेको उनले बताए । उनका अनुसार गाडीको मूल्य न्युनतम २९ लाख ४९ हजार रुपैयाँदेखि ४२ लाख ७९ हजार रुपैयाँ ताेकिएकाे छ ।

भिडियाे हेर्न यसमा क्लिक गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.