रियलमीकाे ‘जीटी’ स्मार्टफाेन छिटै सार्वजनिक हुँदै

  २०७७ फागुन १० गते १२:४५     विकासन्युज

काठमाडौं । विश्वमा तीव्र रूपमा आफ्नो बजार वृद्धि गर्दै गइरहेको स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पछिल्लो उत्पादन ‘रियलमी जीटी’ लाई मार्च ४ मा सार्वजनिक गर्ने भएकाे छ । ‘रेस’ कोडनाम राखिएको यो मोबाइल फोन मार्च ४ मा विश्वभर एकैसाथ सार्वजनिक गर्न लागिएको हो ।

‘चुनौतीदेखि उन्नति’सम्म नाराका साथ प्रविधि क्षेत्रमा बलियो स्थान बनाउँदै गएको रियलमीको जीटी ब्राण्ड उत्पादनको पोर्टफोलियोमा उच्च पर्फमेन्स बनाउँदै विशेषगरी युवापुस्तामा द्रूत गतिमा ट्रेन्डसेटिङको रूपमा देखा पर्ने कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार यस सिरिजको पर्फमेन्सलाई विशेष ध्यानमा राखेर मोबाइल फोनको निर्माण गरिएकाे छ ।

हाल विश्वभर रियलमीका इन्ट्री लेभलदेखि फ्लैगसिप लेबलसम्मका ‘सी’ सिरिज, ‘नम्बर’ सिरिज र ‘एक्स’ सिरिजका स्मार्टफोनहरू तीव्र रुपमा लोकप्रिय बन्दै गएका छन् । कम्पनीले ‘जीटी’ ब्राण्डको यो स्मार्टफोन नयाँ जेनेरेसनका युवाहरूको मागलाई सम्बोधन गर्ने गरी निर्माण गरेको जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.