वृज सिमेन्टद्धारा नेपाल स्टारका सिद्धान्त खड्कालाई घर बनाउन सिमेन्ट हस्तान्तरण

  २०७७ फागुन १० गते १०:०५     विकासन्युज

काठमाडाैं । वृज सिमेन्टले  सांगितिक रियालीटि शो कार्यक्रम नेपाल स्टारको सिद्धान्त खड्कालाई  घर बनाउन सिमेन्ट दिएकाे छ । नेपाल टेलिभिजनबाट प्रसारित उक्त शाे काे उत्कृष्ट ६ मा पर्न सफल खड्कालाई कम्पनीले सिमेन्ट दिएकाे हाे ।

वृज सिमेन्ट इण्डष्ट्रिजले उनको झापा जिल्लाको केर्खामा अवस्थित आफनै निवासमा उधोगको कारखाना रुपन्देहीबाट कम्पनीले स्वयं ढुवानी गरिदिएको हो ।

उनकाे घर निर्माणका लागि चाहिने सबै सिमेन्ट आफुहरुले नै उपलब्ध गराइदिने कम्पनीका कार्यकारी निर्देशक मोहित केडियाले  बताएका छन् ।

खड्का नेपाल स्टारको इटहरी अडिसनबाट नेपाल स्टारमा प्रवेश गरी उत्कृष्ट छैटौ स्थानबाट भोटको आधारमा बाहिरिएका थिए । नेपाल स्टारको पावर प्याक गायकको रुपमा सिद्धान्त खड्कालाई निर्णायकहरुले लिएका थिए ।

उक्त्त सहयोग पुष्पतारा केडिया सेवा फाउण्डेशनको सहकार्यमा वृज सिमेन्टले प्रदान गरेकाे हो । स्मरणीय छ कि पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद एवं सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्धेश्यका साथ स्थापना गरिएको गैर नाफामुलक सामाजिक संस्थाको रुपमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.