राष्ट्र बैंकले पेन्सन कोषमा रहेको ५५ करोड लगानी गर्दै, बैंक तथा वित्तीय संस्थालाई गर्यो आव्हान

  २०७७ फागुन ९ गते १९:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ५५ करोड रुपैयाँ लगानीको आव्हान गरेको छ । आज राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लागनी गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आव्हान गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले फागुन मसान्तसम्म फाराम भरेर लगानीको लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले बैंकको उपदान तथा सुरक्षण कोष अन्तर्गत रहेको रक लगानी गर्नको लागि क वर्गका वाणिज्य बैंकहरुका लागि २० करोड, ख वर्ग अर्थात विकास बैंकहरुका लागि ३ करोड ७५ लाख र ग वर्गका वित्तीय संस्थाहरुका लागि १ करोड २५ लाख रुपैयाँ लगानी गर्न आव्हान गरेको हो ।

यस्तै, राष्ट्र बैंकले बैंकको कर्मचारी सुरक्षण कोष अन्तर्गत रहेको २५ करोड रुपैयाँ पनि लागनी गर्ने योजना बनाएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २४ करोड, विकास बैंकहरुलाई ४ करोड ५० लाख र वित्तीय संस्थाहरुलाई १ करोड ५० लाख रुपैयाँ लगानी गर्नको लागि छुट्याएको छ ।

यस्तै राष्ट्र बैंकले लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुका लागि विभिन्न सर्तहरु पनि राखेको छ । लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष हुनु पर्ने, बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष भएको, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको लगायतका सर्तहरु राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.