बैंकले झुक्किएर एक खर्ब बढी रुपैयाँ सर्वसाधारणकाे खातामा पठायो, अब फिर्ता नहुने

  २०७७ फागुन ७ गते १७:४७     विकासन्युज

काठमाडौं । अमेरिकाको सीटी बैंकले झुक्किएर ९ सय मिलियन अमेरिकी डलर अर्थात १ खर्ब ५ अर्ब नेपाली रुपैयाँ झुक्किएर सर्वसाधारणको खातामा पठाएको छ ।

बैंकले रेभ्लोन कम्पनीलाई ऋण दिएका व्यक्तिहरुको खातामा ब्याजवापत ८ मिलियन डलर (९३ करोड रुपैयाँ) पठाउनुपर्ने थियो । तर, बैंकले झुक्किएर कूल ९०० मिलियन डलर (१ खर्ब ५ अर्ब रुपैयाँ) रेभ्लोनका ऋणदाताहरुको खातामा पठाएको हो ।

सीएनएनको रिपोर्टअनुसार केही ऋणदाताहरुले झुक्किएर आएको रकम फिर्ता पनि गरे र अरुले फिर्ता गरेनन् । गएको अगष्टमा सिटीबैंकले आफूले पैसा फिर्ता पाउनुपर्ने दावीसहित अदालतमा मुद्दा हाल्यो । तर, बैंकले अझै पनि १० वटा लगानी सल्लाहकार फर्मबाट ५०० मिलियन डलर रकम फिर्ता नपाएको जनाइएको छ ।

अमेरिकाको सिटीबैंकले झुक्किएर ट्रान्सफर गरेको झण्डै ५०० मिलियन डलर (५८ अर्ब नेपाली रुपैयाँ) फिर्ता लिन नसक्ने अमेरिकाको एक जिल्ला अदालतले फैसला गरेको छ ।

अमेरिकाको कानुनले यसरी झुक्किएर आफ्नो खातामा आएको पैसा खर्च गर्ने व्यक्तिलाई सजायको व्यवस्था तरेको छ । तर, न्यूयोर्कको कानुनमा एउटा विशेष अपवाद छ । यो अपवादअनुसार जुन व्यक्तिको खातामा पैसा आएको छ त्यो व्यक्ति त्यो पैसा पाउने हकदार हो भने उसले झुक्किएरै आएको भए पनि त्यो पैसा राख्न पाउने व्यवस्था छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.