गरिमा विकास बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘अटो लोन’ दिने

  २०७७ फागुन ७ गते ९:५७     विकासन्युज

काठमाडाैं । गरिमा विकास बैंकले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ ।

यो सुविधा अन्तर्गत बैंकले खरिद मुल्यको ८८० प्रतिशतसम्म अधिकतम १० वर्षको लागी कर्जा प्रवाह गर्न सक्नेछ । आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले जनाएकाे छ ।

हाल गरिमा विकास बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.