साधना लघुवित्तमा नायब महाप्रबन्धक पदका लागि आवेदन खुला

  २०७७ फागुन ६ गते १६:३८     विकासन्युज

काठमाडाैं । साधना लघुवित्तले नायब महाप्रबन्धक पदका लागि आवेदन खुला गरेकाे छ । संस्थाले बुधबार विज्ञप्ती जारी गर्दै योग्यता पुगेका जो कसैले फागुन ११ गते साेमबारसम्म आवेदन दिन सक्ने जनाएकाे छ ।

दरखास्तवाला मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्तिर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा १० वर्ष र लघुवित्त कम्पनीमा ३ वर्ष काम गरेको हुनुपर्ने लघुवित्तले जनाएको छ । साथै, व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका दरखास्तवालाहरुलाई विशेष प्राथमिकता समेत दिने कम्पनीले जनाएको छ ।

गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.