अग्नि ग्रुपकाे सर्भिस सेन्टर बाराको जीतपुर सिमरामा

  २०७७ फागुन ४ गते १६:४५     विकासन्युज

बारा । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्कसले सीमरा उपमहानगरपालिकामा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारीक सर्भिस सेन्टर स्थापना गरेको छ ।

कम्पनीका अनुसार सेवा केन्द्र ‘सिमरा अटो जोन’ त्यस क्षेत्रका लागि बालाजु अटोवर्कसकाे अधिकृत सुसज्जित डिलर हो ।

सर्भिस सेन्टरको प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री माननीय जितेन्द्र सोनाल र बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा मंगलबार संयुक्त रूपमा उद्घाटन गरेका थिए । कार्यक्रमा सिमरा अटो जोनका प्रबन्ध निर्देशक राजेशकुमार क्षेत्री र स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो ।

बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले सबै महिन्द्रा सर्भिसिङ केन्द्रहरु ग्राहकहरुलाई अधिकतम सन्तुष्टि दिनका लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न बढी केन्द्रित रहँदै आएको बताए ।

यो सर्भिस सेन्टरले आफ्ना ग्राहकहरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थार लगातका सबै उत्पादन श्रृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउने छ ।

सिमरा अटो जोन जीतपुर सीमराका प्रबन्ध निर्देशक राजेशकुमार क्षेत्रीले कम्पनीको प्रमुख उद्देश्य महिन्द्राको सवारी साधनका लागि सर्भिसिङ र सक्कली स्पेयर पार्ट्स प्रदान गर्नु रहेकाे बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.