टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

  २०७७ फागुन २ गते २१:०१     विकासन्युज

काठमाडौं ।  ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर सिभिल मलमा टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको छ जुन आइकोनिक मार्भल सुपर हीरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर हो ।

सुपरस्क्वाड संस्करण क्रमशः आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन् । यो संस्करणले उत्पादनको डिजाइन मार्फत प्रत्येक मार्भल सुपर हीरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउँदछ ।

सुपरस्क्वाड लोगो र आइकनिक अभेन्जरको “ए” स्पष्ट रूपमा फ्रन्ट प्यानल, लेग शिल्ड, र स्पीडोमिटर मुनि राखिएको छ ।

स्टिल्थ ब्ल्याक

ब्ल्याक प्यान्थरबाट प्रेरित, यो संस्करण पर्पलको विविध रङको साथ जेट ब्लयाक रंगमा आउँछ । डेकल्सको ठूलो हिस्साको रूपमा स्कुटरमा ब्ल्याक प्यान्थर सूटका तत्वहरू छन् । सरगमीहरूका लागि थुप्रै सरप्राइजहरु ल्याउँदै यसले वकान्डाको सदाबाहार सिग्नेचर सलूट र उक्त क्यारेकटरको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई संकेत गर्ने नम्बर ६६ (१९६६) पनि समावेश गरिएको छ ।

इन्भिन्सिबल रेड

आइरन म्यानबाट प्रेरित भएर, यस डेकल्सले उसको रेड र गोल्ड सूटको झल्काउदै यसलाई स्टेलर लुक दिन्छ । आइरन म्यान हेलमेट लेग शिल्डमा एम्बोस गरिएको छ, र आर्क रिएक्टर दुबै प्यानलमा छ । सरगमीहरूका लागि दुबै प्यानलहरूमा एक्सएक्सआईएक्स एन्क्रिप्शन मार्क गरिएको छ जसले फिडलरलाई दर्शाउँछ र आइरन म्यानको २९औं सूट साथै उक्त क्यारेकटरको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई दर्साउने नम्बर ६३(१९६३) रहेको छ ।

कम्ब्याट ब्लू

क्याप्टेन अमेरिकाबाट प्रेरित, स्कूटरले पहिलो एभेन्जरसँग सम्बन्धित नीलो, सेतो, रातो कलर टोनमा आउँछ । उक्त क्यारेक्टरमा अटल रहदैं, यसमा नम्बर ४१ (१९४१० रहेको छ जुन क्याप्टेन अमेरिकाको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई नम्बर हो । शिल्ड स्कुटरको फ्रन्टमा छ र यो संस्करणको दुबै प्यानलमा गर्वका साथ सुपर सोल्जर राखिएको छ ।

सुपरस्क्वाड संस्करणको टिभीएस कनेक्ट एप स्मार्टएक्सनेक्ट द्वारा संचालित छ र क्यारेक्टरहरूद्वारा प्रेरित कस्टुमाइज्ड् यूजर इन्टरफेस (यूआई) को साथ आउँदछ । एप सम्बन्धित पात्रहरूको सिल्हूटसँग खुल्छ र त्यसपछि क्याप्टेन अमेरिकाको शिल्ड, आइरन म्यानको सूट र ब्ल्याक प्यान्थरको आँखाको साथ क्यारेक्टर क्रिष्टको साथ महत्वपूर्ण तत्वहरू एप इन्टरफेसमा एकरूप छन् । प्रत्येक एप स्क्रीन सुपर हीरो को एक अद्वितीय चरित्र विशेषता संग चयन गरिएको छ, जसले यसलाई एक पूर्ण मार्भल अनुभव दिन्छ ।

नयाँ स्कूटर सार्वजनिक कार्यक्रममा बोल्दै टिभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले भने, “टिभीएस एनटर्क १२५ ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिंग प्रेरित पर्फमेन्श र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजील र हामी मार्भल यूनिर्भस्प्रति एक मजबुत आकर्षण भएका हाम्रा नयाँ जेनेरेसनका ग्राहकहरुका लागि विकसित गर्न र उनीहरुको खुशी खोज्न जारी राख्दछौं । टिभीएस एनटर्क १२५ को मार्भल अभेन्जर्सबाट प्रेरित सुपरस्क्वाड संस्करणको सुरूवातसँग नयाँ रेकर्ड बन्नेछ । हामी विश्वस्त छौं कि सुपरस्क्वाड संस्करण ब्लकबस्टर हुनेछ ! ”

जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ उत्पादनको सार्वजनिक गर्दै भने, “हामी जेएमपीएलमा नेपालमा रहेका हाम्रा बहुमूल्य ग्राहकहरूका लागि सबैभन्दा नवीन र सेगमेन्टकै उत्कृष्ट उत्पादनहरू ल्याउन प्रतिबद्ध छौं । टिभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री र रुचाईएको स्कूटर हो । नयाँ टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण जेन जेडको लोकप्रिय टिभीएस एनटर्क १२५ को लागी “वाहु फ्याक्टर” सिर्जना गर्ने उद्देश्य राखेको छ । हामी विश्वस्त छौं कि यसले नेपालमा हाम्रा ग्राहकहरुलाई खुशी पार्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.