महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल, बैंकिङ्ग क्षेत्रमा २५ वर्षको अनुभव

  २०७७ फागुन २ गते १६:१२     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् ।

माघ २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरी कामु सीईओ पदमा नियुक्त गरेको हो ।

विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ वर्षको बैंकिङ्ग अनुभव रहेको छ ।

नवनियुक्त कामु सीईओ लम्सालले केन्द्रिय बैंकको नीति नियमभित्र रहेर सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्द्रित हुने बताएका छन् ।

One comment on "महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल, बैंकिङ्ग क्षेत्रमा २५ वर्षको अनुभव"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.