एनसीसी बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का नियुक्त

  २०७७ फागुन २ गते १४:५७     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का नियुक्त भएका छन् । आइतबार बैंक सञ्चालक समितिले खड्कालाई चार वर्षको लागि विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आफूले लिएको जिम्मेवारी पूरा गरेर छोड्ने र मनमा लागेको कुरा प्रष्ट बोल्ने खड्का सफल बैंकर्सको रुपमा परिचित छन् ।

उनी एनसीसी बैंकमा मर्ज हुनुपूर्वको इन्टरनेशल डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । उक्त बैंकमा संस्थापक प्रमुख कार्यकारी अधिकृत समेत रहेका खड्काले ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए ।

खड्कासँग दुई दशक भन्दा बढी विभिन्न बैंकमा काम गरेको अनुभव छ । नविल बैंकबाट बैकिङ करिअर शुरु गरेका खड्काले एभरेष्ट बैंक, तत्कालित एनआईसी बैंक, सनराइज बैंकमा विभिन्न पदमा रहेर बैकिङ सेवा गरेका थिए ।

इन्टरनेशल डेभलपमेन्ट बैंक एनसीसी बैंकमा मर्ज भएपछि उनी बैकिङ क्षेत्रबाट बाहिरिएका थिए । हाल उनी शुभलक्ष्मी सिमेन्ट प्रालिको प्रबन्ध निर्देशक छन् ।

खड्काकाे नियुक्तीसँगै एनसीसी बैंककाे सञ्चालक समितिले पूर्णता पाएकाे छ । दुइ साताअघि सम्पन्न भएकाे साधारणसभाले एनसीसी बैंक संचालक समितिमा उपेन्द्र केशरी न्यौपाने, मोहन बहादुर बस्नेत, चन्द्र वास्तोला, निशेष प्रधान, कुमारसिंह लामा र सुमन जोशी सर्वसम्मत निर्वाचित गरेकाे थियाे ।

सञ्चालक समितिबाट न्याैपाने सर्बसहमतिमा अध्यक्ष भएका छन् । यस बैंकमा पहिलाे पटक सर्बसहमतिमा सञ्चालक समिति गठन भएकाे र सर्ब सहमतिमा बिज्ञ सञ्चालक पनि नियुक्त भएकाेले बैंक आगामी दिनमा एक ढिक्का भएर अगाडि बढ्ने विश्वास गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.