प्रभु क्यापिटलद्वारा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम संचालन

  २०७७ फागुन २ गते १२:४५     विकासन्युज

काठमाडाैं । प्रभु क्यापिटलले शनिबार वीरगञ्जमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । उद्योग वाणिज्य संघ वीरगञ्जको सभाहलमा आयोजित कार्यक्रममा करिब २५० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा एनवाइएफका संस्थापक अध्यक्ष अरबिन्द अमात्य, प्रमुख अतिथिमा उद्योग वाणिज्य महासंघ प्रदेश २ का कार्यकारी सदस्य तथा उद्योग वाणिज्य संघ वीरगञ्जका पूर्व अध्यक्ष अशोक टेमानीकाे उपस्थिति रहेकाे थियाे । प्रमुख अतिथि टेमानीले कार्यक्रमको उद्घाटन गरेर सहभागीहरुलाई शेयर बजारको महत्व र यसमा लगानी गर्दा हुने फाइदाहरुको बारेमा जानकारी दिएका थिए ।

यस्तै कार्यक्रममा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा अझै व्यापक रुपमा यस्ता कार्यक्रमहरुलाई देशव्यापी रुपमा विस्तार गरिने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.