शहिदको चिहानमा मेरो भ्यालेन्टाइन डे

  २०७७ फागुन १ गते १७:०७     सुशिल घिमिरे 'त्रैलोक्य'

प्रेम गर्न सधैं छुट भएको
यो देशमा
बहाना खोज्दै उन्मक्त कैयौं जोडीहरु
पर्खिरहेका हुन्छन्
आज रोज डे
आज प्रपोज डे
आज चकलेट डे
आज टेडी डे
आज हग डे
आज किस डे
खै तिमिले सुन्यौ सुनेनौ
तिम्रो पनि त मनमा रहरहरु थिए होलान्
तिम्रो पनि त आँखामा सपनाहरु थिए होलान्
प्रेमिकालाई झ्याम्म अँगालो हालेर
तिमि पनि त कतै हराउन चाहन्थ्यौ होला
तिमिलाई पनि त बैंसले पिरोल्थ्यो होला
तर तिमि त
न बाबाले रोक्दा रोकियौ
न आमाले समाउँदा अडियौ
न सानुको मधुर बोलिमा तानियौ
बैंस बिसाउँदै
एक मुट्ठि माटोको लेप
छातिमा टाँसेर
तिमिले ल्याएको स्वतन्त्रताका दिनहरु
फगत आज रुपान्तरित हुँदैछ
प्रेम गर्न सधैं छुट भएको
यो देशमा
आज रोज डे, आज प्रपोज डे, आज चकलेट डे…
आज हग डे… किस डे…
तर म …
तिम्रो चिहान छेउ वसेर
अझै पूरा नभएका तिम्रो सपनाहरु सम्झँदै
आदर्शका तिम्रो सिद्वान्तहरु पढ्दै
म संकल्प लिइरहेछु
मेरो तर्फवाट
भोलिको भ्यालेन्टाइन डे मा
हुनेछ केवल
नयाँ विहानी र परिवर्तनको
रातो गुलाव
मेरो तिमि (चार शहिद) लाई
ह्याप्पी भ्यालेन्टाइन डे…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.