अब डिशहोमबाटै कोरियन सिरिज हेर्न पाइने, नेपाली भाषामा प्रशारण हुँदै

  २०७७ माघ २८ गते १९:१७     विकासन्युज

काठमाडौं । अब डिशहोमबाटै कोरियन सिरिज ‘द किङ्ग इज इन लभ’ हेर्न पाइने भएको छ । डिसहोमले यही माघ २९ गतेदेखि सो नयाँ कोरियन सिरिज प्रशारण गर्न लागेको हो ।

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक विहिवार राती ८ः३० वजे कोरियन सिरिज ‘द किङ्ग इज इन लभ’ नामक सिरिज नेपाली भाषामा प्रशारण हुँदैछ ।

डिशहोमले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियामा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रशारण गरिरहेको छ । भविष्यमा उत्कृष्ट र चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रशारण गर्न तयारी डिशहोमले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.