जुम्लामा खुल्यो जेसीबीको आउटलेट

  २०७७ माघ २८ गते १२:१४     विकासन्युज

काठमाडौं । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जुम्लामा आफ्नोे ‘आधिकारीक रिटेल आउटलेट’ सुरु गरेको छ । उक्त नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जनाएकाे छ ।

नयाँ आउटलेटको उद्घाटन प्रमुख अतिथि कर्णाली प्रदेश सदस्य तथा लेखा समितिका संयोजक माननीय दीनबन्धु श्रेष्ठले गरेका थिए । जुम्ला क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको अंकित जनरल स्टोरका चन्द्र खड्काले बताए ।

यो आउटलेट सहित जेसीबीले नेपालमा २० वटा ‘एआरओ’ स्थापना गरेकाे छ । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.