बेनेलीकाे नयाँ माेडल १८०एस लञ्च हुँदै, माघ २८ गते टेष्ट ड्राइभ गरिने

  २०७७ माघ २७ गते १७:३७     विकासन्युज

काठमाडाैं । इटालीयन ब्राण्ड बेनेलीकाे नयाँ मोडल १८०एस नेपाली बजारमा लञ्च हुने भएकाे छ । नेपालमा पहिलो पटक बेनेलीकाे उक्त माेडल उत्कृष्ट डिजाइनका साथ लञ्च हुने कम्पनीले जनाएकाे छ ।

यससँगै कम्पनीले माघ २८ गते “बेनेली टेष्ट ड्राइभ कार्यक्रम”को आयोजना गरेकाे छ । जहाँ कम्पनीकाे विभिन्न शोरुमहरु काठमाडाैं, बुटवल, चितवन लगायतका ठाँऊमा गएर चढी परीक्षण गर्न सकिनेछ । त्यस्तै, जति सहभागी चालकले मोटरसाइकल चढेर परीक्षण गरेका हुन्छन्, उनीहरूले आकर्षक उपहार पनि जित्न सक्ने कम्पनीले जानकारी दिएकाे छ ।

कम्पनीकाे बारेमा

बेनेली प्रख्यात इटालीयन ब्राण्डको मोटरसाइकल कम्पनी हो । यो मोटरसाइकल सन् १९११ देखिनै प्रत्येक चालकको रोजाई बन्न पुगेको छ । यी मोटरसाइकलहरुको बजारमा अत्यन्तै माग रहेको हुँदा चालकहरुले पनि यसबाट आरामदायी यात्राको अनुभूती गरेको पाईन्छ ।

केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि. यसको नेपालको एक मात्र आधिकारीक बिक्रेता रहेको छ । सन् २०१६ देखिनै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई बिक्री तथा वितरण गरिरहेको छ । बेनेली मोटरसाइकलले राम्रो माईलेज दिनुका साथै सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.