स्वाभिमान लघुवित्तको सीईओमा चौधरीको निरन्तरता

  २०७७ माघ २७ गते १५:३३     विकासन्युज

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संंस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कृष्णराज चौधरी नियुक्त भएका छन् । माघ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ चौधरीलाई अर्काे कार्यकालकाे लागि पनि निरन्तरता दिने निर्णय गरेको हो ।

यससँगै सीईओ चौधरीको अर्को कार्यकाल आगामी फागुन १ गतेदेखि लागू हुने छ । बैंठकले उनलाई थप ४ वर्षको लागि नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.