विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृती लिनु नपर्ने

  २०७७ माघ २७ गते १२:४१     विकासन्युज

काठमाडौं । अब नेपालमा विदेशी लगानी भित्र्याउनको लागि नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृती नचाहिने भएको छ ।

राष्ट्र बैंकको पूर्व स्वीकृती नलिई विदेशी लगानी नेपालमा भित्र्याउनै नपाइने अहिलेको व्यवस्थामा परिमार्जन गर्दै विदेशी लगानी स्वीकृत गर्ने नियायबाट स्वीकृती लिएपछि भने राष्ट्र बैंकको पूर्व स्वीकृती गर्न लागिएको हो ।

आज नेपाल राष्ट्र बैंकले सुझावका लागि सार्वजनिक गरेको विदेशी लगानी तथा ऋण व्यवस्था विनियमावली २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

जारी विनियमावलीका अनुसार अब कुनै उद्योग वा कम्पनीको दर्ता लगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च वाफतको विदेशी मुद्रा इभ्छुक विदेशी लगानीकर्ताले बैंकिङ प्रणाली मार्फत नेपाल पठाउन लगानीको पूर्व स्वीकृती अनिवार्य नहुने जनाएको हो ।

राष्ट्र बैंकका विदेशी विभागका प्रमुख बमबहादुर मिश्रले विदेशी लगानी आकर्षित गर्नको लागि नयाँ व्यवस्था गर्न लागिएको बताए । अहिले विदेशी लगानी भित्र्याउँदा धेरै निकायहरुमा स्वीकृती लिनु पर्ने र त्यसैको कारण लगानीकर्ता हतोत्साहित हुने देखिएपछि नयाँ व्यवस्था गर्न लागिएको मिश्रको भनाई छ ।

‘विदेशी लगानी भित्र्याउनका लागि विभिन्न निकायको स्वीकृती आवश्यक पर्ने अहिलेको व्यवस्था छ, यस्तो व्यवस्थाले स्वीकृती लिन समउ धेरै लाग्ने तथा लगानीकर्ताले झण्झट महसुस गर्ने गुनासा आएका छन्, विदेशी लगानीलाई आकर्षित गरी लगानीको वातावरण सहज बनाउनको लागि नयाँ व्यवस्था गर्न लागिएको हो, नयाँ व्यवस्थाले विदेशी लगानी आकर्षित हुने हाम्रो विश्वास छ,’ कार्यकारी निर्देशक मिश्रले भने ।

सम्बन्धित समाचार

एफडीआई भित्र्याउन सहजीकरण गर्दै राष्ट्र बैंक, ‘बैंक टू बैंक’ ल्याउँदा पूर्व स्वीकृति नचाहिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.