बीमामा त समस्याको पहाड पो रहेछ, अब मिलेर समाधान गरौंः अध्यक्ष सिलवालकाे विचार

  २०७७ माघ २३ गते १५:२२     सुर्य प्रसाद सिलवाल

बीमा समितिमा अध्यक्षको रुपमा रहेर मेरो कार्यकालमा यसको वृद्धि विकासका लागि मैले गर्ने पर्ने कार्यमा म सधैँ तत्पर रहन्छु । व्यक्ति एउटैले सबै काम गर्छु भन्ने अवस्था त हुँदैन । तर, मुख्य विषय भनेको बीमा व्यवसायलाई हामी सबले व्यवस्थित बनाउनु पर्यो । कसरी यसलाई व्यवस्थापन गर्न सकिन्छ ? यो त तमाम समस्यै समस्याको पहाड रहेछ । बीमा क्षेत्रमा धेरै अवसर त छन् । तर, धेरै खालका चुनौतीहरु पनि मैले देखेँ ।

समस्या सिर्जना गर्नेले समाधानको उपाय पनि खोज्न सक्नु पर्छ । यसको समाधान कहाँ छ भन्ने विषय पनि थाहा पाउनु पर्छ । त्यो समस्या व्यवहारिक रुपमा समाधान हुन सके राम्रो हुन्छ गर्न सकिएन हामी भन्दा माथिको अथोरिटीमा छ भने हामीले सिस्टममा गएर काम गर्नु पर्ने हुन्छ ।

सुरुमै हामीले आँत्ति हाल्नु पर्ने अवस्था छैन । यसले दिनु पर्ने आउटपुट तथा योगदान नआएपछि अर्को समस्या उत्पन्न हुन्छ । हाम्रो पहिलो काम भनेको व्यवस्थापन गर्दै लैजाने हो । म सबैलाई अनुरोध गर्दछु । हामीलाई नियन्त्रक मात्र नबनाइदिनुस् । हामीलाई नियन्त्रक मात्र बनाइदियो भने बिगार्छ मात्रै ।

हामीले पहिले व्यस्थापनमा जानु पर्यो । त्यसपछि यसको विकासका क्षेत्रहरु केके हुन सक्छन् त्यो हामी सबैले बुझ्नु पर्यो । दुरदराजको मानिसले १० हजार तिरेर बीमा गर्न सक्दैन । उसलाई दुई छाक खान समस्या छ भने १० हजार रुपैयाँ कहाँबाट ल्याउँछ ? त्यो १० हजार रुपैयाँको जगेर्ना गर्ने ठाउँमा हामी छौं । जहाँबाट पुण्यको काम गर्छौं ।
हामीले ती वर्गसम्म पुगे मात्र हामीलाई सबैले चिन्छ । गाउँमा गएर बीमा भनेको के हो भनेर सोध्नुस् त ? त्यहाँका ५/१० जना टाठाबाठा बाहेकले भन्न सक्दैनन् । ९५ प्रतिशत मानिसलाई बीमा थाहा छैन । हाम्रो कर्तव्य भनेको बीमाको पहुँच त्यहाँसम्म पुर्याउने हो । त्यसको लागि हामी लाग्नु पर्छ ।

यहाँहरु सबैको लागि बीमा समिति बनेको हो । बीमा समितिलाई मेरो अड्डा हो बुझेर आउनु पर्यो । आफ्नो व्यक्तिगत समस्या लिएर मात्र आउनु हुन्न । तपाइँहरुले हामीलाई नियन्त्रक मान्नु भएको छ । बाउ भएपछि थप्पड त हानिहाल्छ नी । त्यसको स्वीकार पनि गरिदिनु पर्यो । यस्तो अवस्थामा तपाइँहरु पुर्याउनु हुन्न भन्ने मेरो आशा छ ।

मेरो लागि यो नयाँ क्षेत्र हो । म यसको प्राविधिक कुरा बुझ्दैन । तर, अर्थतन्त्रको रुपमा जहाँसम्म यसको विस्तार हुनु पर्ने हो । त्यहाँसम्म पुग्न सकेको छैन । यसको बाधक के हो ? अहिले बैंकको पहुँच ६० प्रतिशत जनसंख्यामा छ भने बीमाको २७ प्रतिशतसम्म मात्र किन ?

हामी धेरै तल छौं । हामीले निर्देशन गर्ने कि यहाँहरुले सवा दिने ? म चाहन्छु यहाँहरुले सेवा दिनुहोस् । जब हामी एकै परिवारका सदस्य हौं । मुनाफा कमाउनुस् तर त्यो जेनुन हुनु पर्यो । त्यसलाई मैले कसरी थाहा पाउने ? त्यसको समन्वय गरेर अगाडि बढ्नु पर्यो । म यो क्षेत्रका विज्ञ मानिस होइन तर अर्थन्त्र राम्रोसँग बुझ्छु । धेरै क्षेत्रमा मैले काम गरेको छु । ग्रासरुटदेखि हायरलेवलससम्म मैले काम गरेको छु । पहिले हामी सबै बाँधियौं भने नियन्त्रण गर्नु नै पर्दैन । अब तपाइँहरुले नियन्त्रण नै गर्न बाध्य पारेपछि त त्यसको विकलल् नै हुँदैन हामी बाध्य भएर नियन्त्रण गर्छौं ।

(शुक्रबार नवनियुक्त अध्यक्ष सिलवालको पदभार कार्यक्रममा उनले राखेको धारणाको सम्पादित अंश)

One comment on "बीमामा त समस्याको पहाड पो रहेछ, अब मिलेर समाधान गरौंः अध्यक्ष सिलवालकाे विचार"

  • कल्पना पोखरेल says:

    पहिलो काम बिमाको पृमियम दर धेरै महङ्गो र 30/40 बर्ष अगाडि बनाएको ट्यारिफ छ त्यस्लाइ सन्सोधन गर्नुपर्यो महोदय।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.