काठमाडौंमा बन्दको प्रभावः यस्तो देखियो चाबहिलमा (फोटो फिचर)

  २०७७ माघ २२ गते १२:३४     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडाैंमा पनि परेको छ । बिहीबार बिहानैदेखि काठमाडाैं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्राय बनेका छन् ।

छिटफुट रुपमा मोटरसाईकल र निजी सवारी साधनहरु सञ्चालन भएका छन् । चारपाङग्रे सवारी साधन भन्दा बढी दुई पाङग्रे सवारी साधन सञ्चालन भएका छन् । खाद्यान्न लगायतका बजार पसल आंशिक खुलेका छन् । बन्द आव्हानकर्ताहरुले बिहानैदेखि चोक चोकमा बसेर बन्द सफल बनाउन प्रर्दशन गर्दै आएका छन् ।

बन्द सफल पार्न भन्दै शिर्ष नेताहरु नै सडकमा ओर्लिएका छन् ।

आमहड्ताल सफल बनाउन प्रचण्ड माधव समूहले काठमाडाैंका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेका थिए । युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकी, बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र वर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकको कमाण्डरको जिम्मेवारी दिईएको थियो । उनीहरुकै नेतृत्वमा कार्यकर्ताहरु बन्द सफल बनाउन सडकमा निस्किएका थिए ।

यस्ताे देखियाे चाबहिलमा

सम्बन्धित समाचार

बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड

बन्द सफल पार्न शीर्ष नेताहरु नै सडकमा, प्रचण्ड भने गाडीमै यता उता गर्दै
आमहड्तालको निरीक्षण गर्न यसरी निस्किए अध्यक्ष नेपाल

One comment on "काठमाडौंमा बन्दको प्रभावः यस्तो देखियो चाबहिलमा (फोटो फिचर)"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.