सिटिजन्स बैंक अर्को वर्ष ‘टप १०’ मा पर्छ, लाभांश डबल डिजिटको दिन्छौंः डीसीईओ देवकोटा

  २०७७ माघ २० गते १५:५६     बाेधराज देवकाेटा

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण धेरै बैंक तथा वित्तीय संस्थाहरुको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा असर परेको देखिन्छ । तर, सिटिजन्स बैंकको हकमा भने त्यति धेरै असर परेन । हामीले लिएको रणनीति र कार्ययोजना अनुसार हामी अगाडि बढ्दा हाम्रो अधिकांश इण्डिकेटरहरु सकारात्म अर्थात ग्रोथको रुपमा देखिएका छन् ।

हामीले हाम्रो तीन वर्षे रणनीति भनेर सञ्चालक समितिबाट पास गराएका छौं । कोभिड–१९को बिचमै हामीले तीन वर्षे रणनीतिलाई पास गरेका थियौं । हाम्रो मुख्य रणनीति घनेको टप टेनमा जाने हो । सर्वप्रथम हामी साइजका हिसावले टप टनमा जाने हो । जब साइज बन्छ त्यसपछि कमाई अवश्य नै आउँन्छ । रिटर्न आउँछ । त्यसै अनुसार हामी अगाडि बढिरहेका छौं । हाम्रो अहिलेको अवस्था हेर्दा अर्को वर्ष नै सिटिजन्स बैंक टप टेन बैंक भित्र पर्छ भन्ने हाम्रो विश्वास छ र त्यही अनुुसार नै हामी काम गरिहरेका छौं ।

अर्को, हामीले ख र ग वर्ग अर्थात विकास बैंक र वित्तीय कम्पनीहरुलाई एक्वायर गर्ने हो । कसरी र कुन बैंक तथा वित्तीय संस्थालाई एक्वायर गर्यो भने हामी अझ शसक्त र हाम्रो रणनीति मिट गर्न सक्छौं सो कम्पनीको हरेक पक्ष अध्ययन गरेर सोही अनुरुप काम गर्छौं । प्रादेशिक व्यवसायमा सन्तुलन गर्छौं । यही रणनीतिको शिलशिलामा अहिले हामी तिनाउँ विकास बैंकलाई एक्वायर गर्ने चरणमा छौं

हाम्रो वार्षिक साधारणसभालाई त्यसलाई अनुमोदन गरिसकेको छ । त्यो स्वीकृतीको चरणमा छ । अब हामी छिट्टै संयुक्त कारोबार सुरु गछौं । यो पनि त्यही मिसन भित्रको विषय हो । हामीले ऐतिहासिक ग्रोथ गरेका छौं । यी सबै हाम्रा रणनीतिसँग सम्बन्धित छन् । अर्को, रणनीति भनेको वैदेशिक साझेदार भित्र्याउने पनि हो ।

भोलिको कूरा के हुन्छ हामी भन्न सक्दैनौं तर आजको दिनसम्म हामीले सिटिजन बैंकको ब्राण्ड र लोगो यथावथ राखेर लङटर्मसम्म बैंकको पहिचान कायम गरेर अगाडि बढ्ने हो । अन्य वित्तीय संस्थाहरुसँग पनि मर्ज कूरा भइरहेको छ । एउटा अर्को विकास बैंकलाई एक्वायर गर्ने प्रयास पनि भइरहेको छ । हामी प्रदेशमा शसक्त हुन चाहन्छौं । हाम्रो फोकस भनेको ख र ग वर्गको बैंक तथा वित्तीय संस्था नै हो ।

बैंकको मूख्य भनेको पर सेयर हो । गत आर्थिक वर्षको दोस्रो त्रैमास र चालु आवको दोस्रो त्रैमासलाई तुलना गर्ने हो भने २३ वटा बैंक नेगेटिभमा छन् । त्यो नेगेटिभको रेञ्ज २ देखि ७० प्रतिशतसम्म छ । तर, हामी १२ प्रतिशत ग्रोथमा छौं । अर्को महत्वपूर्ण परिसूचक बैंकको नेट इन्ट्रेस्ट इनकम हो । जुन बैंकको कमाई हो । यसमा धेरै बैंकको घटेको छ । १७ वटा बैंकको नेट इन्ट्रेस्ट इनकम घटेको छ । तर, हामीले १२.३९ प्रतिशतको ग्रोथ गर्न सफल भएका छौं । यो अफ्ठ्यारोको बिचमा पनि यसमा ग्रोथ गर्नु हाम्रो सफलता हो ।

नेट फि एण्ड कमिसन १२ वटा बैंकको घटेको छ । तर, हाम्रो १८ प्रतिशत ग्रोथ भएको छ । अर्को मुख्य इण्डिकेटर भनेको अपरेटिङ प्रोफिट हो । जसमा १६ वटा बैंक नेगेटिभ रोलमा छन् । त्यसको रेञ्ज १.४ प्रतिशतदेखि ५३.४ प्रतिशतसम्म नेगेटिभ देखिएको छ । यसमा हामी २१.५ प्रतिशत ग्रोथ गर्न सफल भएका छौं ।

त्यस्तै, नन इन्ट्रेष्ट इनकममा ६ वटा बैंक नेगेटिभ भएको अवस्था छ भने ५३.७ प्रतिशतले ग्रोथमा छौं । यसले हामीलाई धेरै सहयोग गरेको छ । अर्को ट्रेडिङ इनकमले पनि हामीलाई धेरै सहयोग पुर्याएको छ । जसमा ११ वटा बैंकको नेगेटिभ रोल छ । त्यसमा १.९ प्रतिशतदेखि ३१.१९ प्रतिशतसम्मको नेगेटिभ रेञ्ज छ । हामी यसमा ७८.२८ प्रतिशतको ग्रोथमा छौं ।

यस्तै, नेट प्रोफिट १८ वटा बैंकको नेगेटिभ छ । हामी यसमा २७.६० प्रतिशत ग्रोथ गर्न सफल भएका छौं । अर्को महत्वपूर्ण इण्डिकेटर वितरणयोग्य नाफा हो । यसमा १९ वटा बैंकको नेगेटिभ रोल छ । तर हामी यसमा ३६.५५ प्रतिशतको ग्रोथमा छौं । जुन हाम्रो ठूलो सफलता हो । हाम्रो निक्षेप पनि बढेको छ । यसमा दुईटा बैंकको नेगेटिभ छ । निक्षेपमा हामी १८ औं नम्बरमा पर्छौं । यसमा हामीले १८.८५ प्रतिशत वृद्धि गरेका छौं ।

ऋण लगानीमा पनि हामीले सफलता नै हाँसिल गरेका छौं । हाम्रो ऋण लगानी ११.२७ प्रतिशतले बढेको छ । धेरै बैंकहरुको अधिकांश परिसुचकहरु नेगेटिभ देखिएको अवस्थामा हामी ग्रोथमा छौं । यो हाम्रो सफलता हो । अझै हामी सुुधार गर्दै जानेछौं । हामी अब हाम्रा सेयरधनीलाई डबल डिजिटको लाभांश दिन सक्ने अवस्थामा पुग्छौं । हाम्रो लक्ष्य नै डबल डिजिटको लाभांश दिने हो । कोरोना महामारीको समयमा राष्ट्र बैंकले व्यवस्था गरे अनुसार हामीले राहतमा २६ करोड खर्च गरेका छौं ।

(मंगलबार सिटिजन्स बैंकले आयोजना गरेको पत्रकार अन्तक्र्रिया कार्यक्रममा डीसीईओ देवकोटाले राखेको विचारकाे सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.