टेलरमा मनग्य आम्दानी गर्ने महिला सिँधै दोस्रो बजारमा प्रवेश

  २०७७ माघ १७ गते १४:०८     विकासन्युज

आज भोली शेयर बजारमा लगानिकर्ताहरुको प्रबेश एकाएक बढ़ीहुदै गएको छ । अहिले भर्खर खुला भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर मा गरिएको लगानीकर्ताको संख्या १४ लाख ९५ हजार जनाले पनि के जनाउछ भने दिन प्रतिदिन लगानीकर्ताको संख्या बढ्दो छ । हरेक ब्यक्ति कुनै न कुनै माध्यम भएर नै बजार प्रबेश भएको पाईन्छ। सबै जना जानेर बुझेर बजारमा प्रबेश भएको पाईदैन। भर्खर बजारमा प्रबेश गर्ने हरुले प्राय साधारण शेयरबाट सुरुवात गरेको पाउछौ र राम्रो पनि हो । तर बिरलै लगानिकर्ता दोश्रो बजार प्रबेश गर्ने आट गर्छन् । एक जना महिला, काठमाण्डौ ,सितापाईला रामकोट निवासी मेनुका श्रेष्ठ हुनु हुन्छ । जो आफ्नै पेशा (टेलर) बाट मनग्य आम्दानि गर्दै थिईन, खै अस्ति के झोक चलेछ एक्कासी बिहानै कारोबार खुल्नु भन्दा अगाबै ब्रोकर अफिस पुगेर, फोन गर्दै थिईन( शेयर उठाउदै रे ९जिबन मै पहिलो पटक० यो भन्दा अगाडी उहासंग कुनै कम्पनीको शेयर छैन ।

सिधै दोस्रो बजारमा प्रवेश त्यहि पनि “ल्” कम्पनी ९नेपाल लाईफ इन्सुरेन्स , नेपाल पुनर्बीमा कम्पनी , नबिल बैंक ० तर संजोग ति महिलाको कम्पनी छनौट राम्रो पनि पर्यो,ऊहाँको रोजाई पनि एउटा कम्पनीको मात्र रहेन बिभिन्न कम्पनीको शेयर छनौट भएको रहेछ ।अनि शेयर मूल्य पनि राम्रो ,अहिले बजारमा पनि राम्रो मूल्यमा खरीद बिक्री , अनि बोनस दर पनि राम्रो छ ।दोस्रो बजारबाट बजार प्रबेश गर्नु भएको ति महिला अहिले कम्पनीको बारेमा जानकारी लिएर साधारण शेयरमा पनि नछुटाई लगानी गर्नु हुन्छ। आज मात्र बाड्फाड भएको पुर्बाधार बैंक को साधारण शेयरमा उहाँको ५० कित्ता शेयर परेकोमा खुसिले गद्गगद हुनुहुन्थ्यो । कारण जिबनकै पहिलो पटक आईपीयो परेको थियो । त्यही पनि ५० कित्ता । भर्खर भर्खर बजारमा प्रबेश गर्नु भएकोले साधारण शेयर पर्दा धेरै ख़ुशी ब्यक्त गर्नु भएको छ। अहिले उहाँ दिनै पिच्छे आफ्नो पोर्टफोलियो हेर्दै दङ्ग पर्नु हुन्छ । टेलर ब्यबसाय संग संगै शेयर बजार पनि आकर्षण हुँदै गएको ऊहाँ भन्नु हुन्छ । बिभिन्न पत्र पत्रिका,अनलाईन मिडिया, सामाजिक सन्जाल मार्फ़त सूचना तथा जानकारी बटुलेको स्वयं मेनुका बताउनु हुन्छ । अहिले बिस्तारै ऊहाँ अरुलाई पनि बजार प्रबेश गर्नु भन्दा पहिले केही बुझेर मात्र प्रबेश गरी कारोबार गर्दा खालि हात फर्कनु पर्ने अवस्था नरहेको जानकारी दिई सुझाउनु हुन्छ ११ मेनुकालाई सुभकामना ‘अनि बधाई ११

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.