नाडाद्धारा बुटवलमा कर, भन्सार तथा भिसिटिएसको प्रशिक्षण कार्यक्रम सम्पन्न

  २०७७ माघ १६ गते १७:३५     विकासन्युज

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा शुक्रबार बुटवलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९ औं विश्व भन्सार दिवसको अवसरमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको हो ।

नाडाको संस्थागत सदस्य लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको अनुरोधमा सो कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ ।

अटोमोवाइल व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भिसिटिएस सम्बन्धी यावत समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा व्यवसायीहरुले कर, भन्सार तथा भिसिटिएस सम्बन्धी विद्यमान प्रणालीहरु बारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएको देखिएकोले उक्त कर, भन्सार तथा भिसिटिएससम्बन्धी प्रशिक्षण संचालन गरिएकाे नाडाले जनाएको छ ।

उक्त प्रशिक्षण भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेल, आन्तरिक राजश्व कार्यालयका प्रमुख ध्रव पाण्डे, राजश्व अनुसन्धान कार्यालयका प्रमुख राजनकुमार वि.सी तथा मुख्य प्रशिक्षक साहिल अग्रवालले दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.