गल्फ लुब्रिकेन्टको एड्भान्स क्लब्ड स्किम: सुबोरा इम्पेक्सले पायाे भिटारा ब्रेज्जा गाडी

  २०७७ माघ १६ गते १७:२२     विकासन्युज

काठमाडौं । गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयलले एड्भान्स क्लब्ड स्किम अन्तर्गत बालाजुस्थित सुबोरा इम्पेक्सलाई भिटारा ब्रेज्जा गाडी प्रदान गरेको छ ।

सुबोरा इम्पेक्स गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो । यसै क्रममा सेन्टरका प्रमुखलाई गाडीको साँचो हस्तान्तण गरिएको छ । नेपाल ल्युब आयलका डेप्युटि जेनरल म्यानेजर दिवाकर घिमिरयही मंसीर १४ गते सुबोरा इम्पेक्स का प्रोप्राइटर रामेश्वर घिमिरेलाई गाडी हस्तान्तरण गरेका थिए ।

नेपाल ल्युब आयलले निरन्तर रुपमा विभिन्न योजनाहरु गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले २०७६/७७ तथा २०७७/७८ को २ वर्षको आवधिभित्र आफ्ना रिटेलरहरुले टार्गेट पूरा गरेको खण्डमा एड्भान्स क्लब्ड स्किम अन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको छ ।

कम्पनीले टु ह्वीलर रिटेलर स्किम तथा जिइओ तथा डिइओ रिटेलर स्किमको लागि पनि १ वर्षे सम्झौता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.