भारतले टिकटक लगायत ५९ एपमाथि प्रतिबन्ध लगायो

  २०७७ माघ १३ गते ११:५६     विकासन्युज

एजेन्सी । भारत सरकारले ५९ वटा चिनिया एपमाथि प्रतिबन्ध लगाएको छ । टिकटक, विच्याट, हेलो, अलिबाबा, सेयरइट्, बिगो लाइभ, क्याम स्क्यानर, कल्यास अफ किंग्स, बाइडु, अलिबाबाज् युसि ब्राउजर, क्लब फ्याक्ट्री, एमआइ भिडिओ कल लगायत ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । सीमा सुरक्षाको कारण जनाउँदै भारत सरकारले सूचना प्रविधि ऐन अनुसार चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । गत साता भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले स्थाथी प्रतिबन्ध लगाउन सूचना जारी गरेको हो ।

स्थायी रुपमा प्रतिबन्ध लगाइएका एप भारतीय इन्टरनेट स्पेसमा सेन्सर गरिएको छ । गत वर्ष भारतले २ सय ६७ एपमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाउनु अगाडी भारत सरकारले कम्पनीहरुलाई डेटा कलेक्सन, डेटा प्रोसेसका बारेमा जिज्ञासा राखेको थियो । कम्पनीहरुको जवाफबाट सन्तुष्ट नभएपछि सरकारले स्थाथी प्रतिबन्ध लगाउने निर्णयमा पुगेको हो ।

पछिल्लो समय भारत–चीन सिमानामा झडपका घटनाहरु भईरहेका घटना सार्वजनिक भएका थिए । भारतले चिनियाँ एपहरुका कारण थप सुरक्षा खतरा बढाउने निष्कर्ष निकालेको हो । भारत सरकारले चिनियाँ एपको प्रभाब घटाउन यो कदम चालेको हो । दुई देशबिच सीमा विवाद बढिरहँदा चिनियाँले आफ्ना नागरिकको डेटा दुरुपयोग गरेको र भारत बिरोधी गतिबिधी गरेको भारतको आरोप छ ।

चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउनु अगाडी गत हप्ता सूचना जारी गरिएको थियो । हिंसात्मक भडपमा २० जना भारतीय सैनिक मारिएपछि भारतले कठोर निति अपनाएको हो । चिनियाँ सामान, सफ्टवेयर र एप बहिस्कार गर्नुपर्ने आवाज चर्को रुपमा उठ्दै गएपछि भारतले यस्तो कदम चालेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.