स्वावलम्बन लघुवित्तको निमित्त सीईओमा चौलागाँई नियुक्त

  २०७७ माघ १३ गते १०:५५     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चन्द्रमणि चौलागाँई नियुक्त भएका छन् । माघ ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाकाे विभागीय प्रबन्धक चौलागाँईलाई निमित्त सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै संस्थाको अर्को निर्णय नभएसम्म चौलागाँईले संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् ।

माघ ८ गते बसेको बैठकले संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बश्यालले दिएका राजिनामालाई माघ ९ गतेदेखि लागू हुने गरि स्वीकृत गरेको थियो । बश्यालले गत पुस ८ गते नै आफ्नो राजिनामा पेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.