गायक सनम लामाको ‘आकाशको जुन’ सार्वजनिक

  २०७७ माघ १२ गते १९:०५     विकासन्युज

काठमाडौं । गायक सनम लामाको स्वर रहेको ‘आकाशको जुन’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । आधुनिक शैलीमा तयार गरिएको गीतमा शब्द सौरभ राणा मगर तथा संगीत सनम लामाकै रहेको छ भने सविन लिम्बुले एरेन्ज गरेका हुन् ।

चर्चित इन्टरटेनमेन्टलेनिर्माण गरेको म्युजिक भिडियोको निर्देशन अर्जुन क्षेत्रिले गरेका हुन् । ललितपुरका विभिन्न स्थानमा छायाँकन गरिएको गीतमा कलाकारहरु खेसेहाङ खजुुम, दिलिप खड्का र नारायण काफ्लेको अभिनय देख्न सकिन्छ ।

बिशाल प्याकुरेलको छायाँकन, गणेश राइको कथा रहेको भिडियोको सम्पादन सनम लामाले गरेका हुन् । गीतलाई दासि इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियोमा त्रिकोणात्मक प्रेमकथा चित्रण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.