सिटिजन्स बैंकका ग्राहकले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट पाउने

  २०७७ माघ १२ गते १८:२८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट पाउने भएका छन् । बैंक र काठमाडौंको कुमारीपाटीस्थित वन डे थ्रिडी आर्ट रेष्टुरेन्टबीच सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई रेष्टुरेन्टको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट/क्रडिट/प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक तथा कर्मचारीहरुले वनडे थ्रिडी आट रेष्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।

बैंकले हाल १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.