सानिमा बैंकको शाखा ललितपूरको कुपण्डोलमा

  २०७७ माघ १२ गते १८:१८     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ललितपूरको कुपण्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले गरेका हुन् ।

उद्घाटन् समारोहमा मह जोडीले कुपण्डोलमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनिविश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन् ।

बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८५ वटा एटीएम संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.