इजीलिंक रेमिट्यान्सको सेवा अब अष्ट्रेलियाबाट पनि

  २०७७ माघ १२ गते १५:३८     विकासन्युज

काठमाडाैं । इजीलिंक रेमिट्यान्सले आफ्नो सेवा अष्ट्रेलियामा पनि सुरु गरेको छ । कम्पनीले यसकाे लागि अष्ट्रेलियाको सिड्नीमा कार्यालय रहेको मनिट्रान्सफर कम्पनी इजीलिंक ट्रान्सफर पिटिवाइ एलटिडीसँग सम्झौता गरेकाे हो ।

उक्त सम्झौता पत्रमा इजीलिंकअष्ट्रेलियाको तर्फबाट एकराज खनाल र केशब आचार्यसाथै इजीलिंक नेपालको तर्फबाट डिपि अर्याल र दिपेन्द्र खनाल ले संयुक्त रुपमा हस्ताक्षर गरे ।

विगत २३ वर्ष देखी देशमा रेमिट्यान्स भित्राउँदै आएको सेवा प्रदायक कम्पनी इजीलिंक रेमिट्यान्सले आफ्नो सेवालाई थप विस्तार गर्दै लैजाने जनाएकेा छ ।

अहिले अष्ट्रेलियामा १ लाख ५० हजारभन्दा बढी नेपालीहरु रहेको अनुमान गरिएको छ । हुण्डीको कारोबार धेरै हुने देशको रुपमा अष्ट्रेलियालाई लिइँदै आएको छ । अष्ट्रेलियाबाट सेवा आरम्भ गरेपछि अवैधानिक बाटोबाट नेपालमा रकम पठाउने कार्य निरुत्साहित हुने साथै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान कम्पनीले जनाएकाे छ ।

इजीलिंक रेमिट्यान्सले जापान, कोरिया, साइप्रस, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.