सनराइज बैंकको थप ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु

  २०७७ माघ १२ गते १४:२३     विकासन्युज

काठमाडाैं । सनराइज बैंकले उदयपुर र ओखलढुंगा जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालन संगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६६ पुगेको छ ।

बैंकले शुक्रबार त्रियुगा नगरपालिका –४ बगाहा उदयपुरमा १, शनिबार सिद्धिचरण नगरपालिका –४ रुम्जाटार ओखलढुंगा र मानेभञ्ज्याङ्ग गाउँपालिका –४ केत्तुके ओखलढुंगामा २  शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.