कोरोनाविरुद्धको खोप उत्पादन गर्ने कम्पनी र दैनिक २२ घण्टा खटिने वैज्ञानिकको अन्तरकथा

  २०७७ माघ १२ गते १५:०७     विकासन्युज

काठमाडौं । कोरोना महामारी फैलिएपछि विश्वभर त्रास र भयको वातावरण छायो । लामो समय एक प्रकारको अन्यौलता उत्पन्न भयाे । कोरोना महामारीविरुद्धको खोप कहिले बजारमा आउँछ होला भन्ने प्रश्न टड्कारो रुपमा रह्यो ।

कोरोना महामारीले संसारभर मानिसहरुको ज्यान जाने क्रम रोकिएको छैन । संक्रमितको संख्या पनि बढिरहेकै छ । यस्तो विषम परिस्थितिमा कुन देश पहिला कोरोना महामारीविरुद्धको खोप उत्पादन गर्छ होला ? आममानिसको मनमा यही प्रश्न खेलिरहेको थियो ।

विकसित देशका केही अग्रणी कम्पनीहरुले कोरोना विरुद्धको भ्याक्सिन उत्पादन गरिरहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा रुसले कोरोना विरुद्धको खोपका उत्पादन गरको समाचार प्रकाशन तथा प्रशारण गरे । तर, त्यसको पुष्टि हुन सकेन । रुसले स्पुतनिक–५ नाम दिएर कोरोना भ्याक्सिन उत्पादन गरेको समाचारले व्यापक स्थान पायो ।

संसारकै वैज्ञानिकहरु जतिसक्दो छिटो कोरोना विरुद्धको भ्याक्सिन उत्पादन गर्न कस्सिएका थिए । डिसेम्बर २०१९ मा चीनको वुहानबाट फैलिएको कोरोना महामारी रोक्न सबैले संयुक्त प्रयास गरिरहेकै थिए । डिडब्ल्यु डट्कमका अनुसार यो प्रतिस्पर्धामा बेलायत संसारमा सबैभन्दा पहिले कोरोना विरुद्धको खोप उत्पादन गर्ने मुलुक हो ।

बेलायतले बायोएनटेक फाइजर भ्याक्सिन उत्पादन गरेको थियो । युरोपियन युनियनले डिसेम्बर २५ मा यो भ्याक्सिन सार्वजनिक गरेको थियो । फाइजर बायोएनटेक खोपले यूकेमा अनुमति पाइसकेको छ । बढी जोखिममा रहेकाहरुलाई खोप दिन सुरु भईसकेको छ । बेलायत फाइजरको खोपलाई अनुमति दिने पहिलो राष्ट्र बनेको छ । उक्त खोपको ४ करोड मात्रा किन्न फाइजरसँग सम्झौता नै गरिसकेको छ ।

९० वर्षीया मार्गारेट कीननले बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप लगाउने पहिलो महिला बनेकी छिन् । उनलाई फाइजर बायोएनटेकले उत्पादन गरेको खोप लगाईएको थियो ।

‘कोभिड १९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति हुन पाउँदा आफूलाई भाग्यमानी ठान्छु । मेरा लागि यो सबैभन्दा राम्रो जन्मदिनको उपहार हो,’ कीननले भनेकि छिन् ।

भ्याक्सिन बनाउन अमेरिकी र युरोपियन देशहरु अर्बौं डलर खर्च गरिरहेका छन् । जोन्सन एन्ड जोन्सन, फाइजर, सेनोफी र अस्ट्राजेनेकाजस्ता थुप्रै कम्पनीहरु भ्याक्सिन उत्पादन गर्न सक्रिय छन् । अक्सफोर्ड युनिभर्सिटीको मुख्य साझेदारीमा अस्ट्राजेनेका पनि लागि परेको छ । अमेरिकाका फाइजर र मोर्डना कम्पनीले पनि भ्याक्सिन निकालेका छन् । विश्व स्वास्थ्य संगठनले कोभिड १९ को भ्याक्सिन बा“डनका लागि निर्देशिका बनाउने तयारी गरिरहेको छ । फाइजर बायोएनटेक, मोर्डना, स्पुतनिक ५, साइनोफार्म भ्याक्सिन यतिखेर संसारका दर्जनौं मुलुकमा परिक्षण भईरहेको छ ।

कोरोना विरुद्धको भ्याक्सिन उत्पादन गर्ने कम्पनीहरु

१) फाइजर/बायोएनटेक भ्याक्सिनः यो अमेरिकन भ्याक्सिन उत्पादक कम्पनी हो । पिफाइजर र जर्मन स्टार्ट अप बायोएनटेकले ९० प्रतिशत भन्दा बढी जनसंख्यालाई भ्याक्सिन उपलब्ध गराउने क्षमता राख्ने दावी गरेको छ ।

एक वर्षमा यसले ५० करोड डोज उत्पादन गर्ने लक्ष्य लिएको छ । एक डोजका लागि १९.५० अमेरिकी डलर खर्च हुने बताइएको छ । फाइजरका सिइओ अल्बर्टका अनुसार सन् २०२० मा लाखौं खोपहरु उत्पादन भयो । अमेरिकन सरकारले यस कम्पनीसँग १.९५ बिलियन डलर (२,२८०,३४,७५५ रुपैया“) बराबरका खोप अर्डर गरिसकेको छ ।

२) अक्सफोर्ड युनिभर्सिटीरअस्ट्राजेनेका भ्याक्सिन: अक्सफोर्ड–अस्ट्राजेनेका भ्याक्सिन ९० प्रतिशत प्रभावकारी हुने दावी गरेका छन् । भारतको सिरम इन्सिट्च्युट अफ इन्डियाले भ्याक्सिन उत्पादनका लागि यो कम्पनीस“ग सहकार्य गरिरहेको छ । बेलायत सरकारले ठूलो परिमाणमा यो भ्याक्सिन अर्डर गरिसकेको छ । बेलायतमा परीक्षण गरेपछि यो भ्याक्सिन प्रभावकारी देखिएको छ ।

भारतमा सक्रिय तीन कम्पनी

भारतको सिरम इन्सिट्च्युट अफ इन्डिया बाहेक हैदराबादको भारत बायोटेक र अहमदाबादको जेडस क्याडिलाले पनि भ्याक्सिन उत्पादन गरिरहेका छन् । भारतले कोभिसिल्ड र कोभ्याक्सिन खोपको उत्पादन गरिरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीेले खोपका लागी पैसा तिर्नु नपर्ने बताएका छन् ।

१ अर्ब खोप उत्पादन गर्दै मोडर्ना

मोडर्ना अमेरिकन कम्पनी हो । लोन्जा ग्रुपस“ग १० वर्षका लागि सम्झौता गरेर यसै वर्षबाट यस कम्पनीले कोरोना भ्याक्सिन उत्पादन थालेको हो । यस वर्ष ठूलो परिमाणमा खोप उत्पादन गर्ने लक्ष्य लिएको छ । यस वर्ष १ अर्ब खोप उत्पादन गर्ने लक्ष्य लिएको छ ।

चीनको सिनोफार्म

चिनिया“ सरकारको लगानीमा सञ्चालित चाइना नेसनल फर्मास्युटिकल ग्रुप (सिनोफार्म) ले कोभिड–१९ विरुद्धको खोप उत्पादन गरिरहेको छ । गत ३० डिसेम्बरमा पहिलो पटक सिनोभ्याक भ्याक्सिन खोप उत्पादन गरेको घोषणा गरेको थियो । बीबीसीले उल्लेख गरे अनुसार यो खोप ७९ प्रतिशत प्रभावकारी भएको छ ।

यूनाइटेड अरब एमिरेट्स (यूएई) ले आफ्नो देशमा यसको परीक्षण गरिसकेको छ । सिनोफार्मले उत्पादन गरेको खोप १ सय २५ देशका १८ देखि ६० वर्ष उमेर समूहका ३१ हजार मानिसहरुलाई दुई डोज दिएर परीक्षण गरिएको छ ।

यस्तै, मोरक्कोले पनि यसै सिनोफार्मले उत्पादन गरेको खोप परीक्षण गरिरहेको छ । दुबईका शासक शेख मोहमद बि रसिद अल मख्तुमलगायत त्यहा“का उच्च अधिकारीहरुले यो खोप लगाइसकेका छन् ।

बहराइनको राष्ट्रिय स्वास्थ्य नियामक प्राधिकरण (एनएचआरए) का अनुसार सिनोफार्मले उत्पादन गरेको यो खोप ८६ प्रतिशत प्रभावकारी देखिएको छ । यो सिनोभ्याक भ्याक्सिनको मूल्य ४ सय युआन (७ हजार २ सय २३ रुपैयाँ) रहेको छ ।

दैनिक २२ घण्टा खटिने वैज्ञानिक डा. केट ब्रोडरिक

स्कटल्याण्डकी वैज्ञानिक डा.केट ब्रोडरिक कोरोना विरुद्धको भ्याक्सिन बनाउन दैनिक २२ घण्टा खटिने गर्थिन् । उनी अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियामा कार्यरत थिइन् । उनको साथमा एउटा रिसर्च गर्ने समुह नै थियो ।

खतरनाक बिरामीहरुका लागि भ्याक्सिन आविष्कार गर्ने काममा उनी सक्रिय थिइन् । इबोला, जीका जस्ता खतरनाक भाइरसका विरुद्ध भ्याक्सिन बनाउने काममा सफलता उनलाई मिलेको छ । उनले भ्याक्सिन बनाउने यो कार्यमा बिल गेट्सको संस्थाबाट आर्थिक सहायता समेत मिलेको छ ।

अदर पुनावाला

अदर पुनावाला भारतकै धनी घरानाका व्यक्ति हुन् । ३८ वर्षीय अदर सेरम इन्सिटच्यूट अफ इन्डियाका प्रमुख कार्यकारी हुन् । उनका बुबा साइरसले यो कम्पनीको दायित्व १० वर्षअघि हस्तान्तरण गरेका थिए । यस कम्पनीको वार्षिक आय झण्डै ८० करोड डलर नाघिसकेको छ । भारतभर अझै अदरलाई चिन्नेको संख्या कमै छ । उनी र उनको कम्पनीले के काम गर्छ भन्नेबारे धेरैलाई अत्तोपत्तो छैन ।

यतिखेर उनै अदरले कोरोना विरुद्धको भ्याक्सिन उत्पादनमा जोड दिईरहेका छन् । भारतको पुनास्थित सेरम इन्सिटच्युट अफ इन्डियामा कोरोना भ्याक्सिन उत्पादन भईरहेको छ । वैज्ञानिकहरु भ्याक्सिन उत्पादनका लागी जुटिरहेका छन् ।

सेरमले वार्षिक वार्षिक डेढ अर्ब डोज भ्याक्सिन उत्पादन गर्छ । यसै इन्सिटच्युटले उत्पादन गरेको खोप विश्वभरको जनसंख्यामध्ये आधा बालबालिकाका लागि प्रयोग हुने गर्छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीस“ग मिलेर खोप उत्पादन गर्ने प्रयासमा जुटेको छ ।

यतिखेर विश्वभरका स्वास्थ्यमन्त्री, प्रधानमन्त्री र सरकारप्रमुखले अदरलाई निरन्तर सम्पर्क गरिरहेका छन् । सबैको चासो एउटै छ, भ्याक्सिन बनेपछि हामीलाई पहिलो प्राथमिकता राख्न नर्बिसनु । अघि इन्सिट्च्यूटले क्षयरोग, हेपाटाइटिस, पोलियो र रुघाखोकीविरुद्धको भ्याक्सिन पनि उत्पादन गरेको थियो ।

संसारका अधिकांस गरिब देशमा यसै कम्पनीले उपलब्ध गराउने भ्याक्सिन प्रयोग भईरहेका छन् । सेरमले भारत र बाँकी विश्वका लागी सिरमले कोरोना भ्याक्सिन उत्पादन गरिरहेको छ । यसका लागि ४५ करोड डलर खर्च भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.