साेमबार पनि सुनकाे मूल्यमा गिरावट, कतिमा भइरहेकाे छ काराेबार ?

  २०७७ माघ १२ गते १०:४८     विकासन्युज

काठमाडाैं । साेमबार पनि सुनकाे मूल्यमा गिरावट आएकाे छ । आइतबार ९२ हजार ६ सय रुपैयाँमा काेराबार भइरहेकाे सुन साेमबार २०० रुपैयाँले घटेर प्रतिताेला ९२ हजार ४ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । आइतबार ९२ हजार १ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन प्रतितोला २ सयले घटेर ९१ हजार ९ सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज पनि चाँदीको मूल्य भने यथावत रही प्रतिताेला १२६० रुपैयाँ काराेबार भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.