संकटमा व्यक्तिगत मुद्दती, बैंकको मुद्दतीमाभन्दा म्युचुअल फण्डको लगानीमा झण्डै तेब्बर बढी प्रतिफल

  २०७७ माघ १२ गते ११:१२     विकासन्युज

काठमाडौं । आफ्नो आम्दानीबाट नियमित रुपमा केही रकम बचाएको रकम लगानी गर्नको लागि अहिले वित्तीय बजारमा विभिन्न विकल्पहरु छन् । आफूले बचाएको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेर व्याज आम्दानी गर्ने वा पुँजी बजारका विभिन्न उपकरणमा लगानी गर्ने भन्ने विकल्प अहिले बजारमा उपलब्ध छन् ।

मासिक, साप्ताहिक वा दैनिक रुपमा केही रकम बचत गर्न सक्नुहुन्छ र त्यस्तो रकम बैंक वित्तीय संस्थामा निक्षेपको रुपमा राख्ने हो भने तपाईंको लागि तत्कालको उपलब्ध सहज विकल्प भनेको बचतमा रकम राख्ने हो । बचतको व्याजदर तुलनात्मक रुपमा कम हुन्छ । त्यसैले निश्चित अवधिसम्म बचतमा रकम राखेर अलि धेरै बनाएपछि आफूले कुनै योजना बनाएर सो अवधिसम्मको लागि मुद्दती निक्षेपमा रकम राख्दा बढी व्याज पाइन्छ । किनभने मुद्दती रकम राख्नको लागि बैंक वित्तीय संस्थाहरुले न्यूनतम सीमा तोक्ने गरेका छन् ।

सानो सानो रकमले पुँजी बजारमा उपलब्ध सेयर पनि खरिद गर्न सकिन्छ । तर, राम्रो कम्पनीको सेयर मूल्य बढी हुन्छ । अहिलेको व्यवस्था अनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित कम्पनीको घटिमा पनि १० कित्ता सेयर किन्नै पर्छ । एक किस्ताकै मूल्य ३ हजार रुपैयाँ रहेछ भने १० कित्ता किन्नको लागि कम्तिमा पनि ३० हजार रुपैयाँ चाहिने भयो ।

यी दुबै समस्या समाधानको अर्काे विकल्प म्युचुअल फण्डमा लगानी गर्ने हो । म्युचुअल फण्डमा लगानी गर्नको लागि थोरै रकमले पनि हुन्छ । तर, म्युचुअल फण्डमा गरिएको लगानी बैंक वित्तीय संस्थामा निक्षेपको रुपमा राख्नुभन्दा बढी जोखिमयुक्त भने हुन्छ । जोखिम बढी भएपछि प्रतिफल पनि बढी हुन्छ ।

यहाँ हामीले बैंक वित्तीय संस्थाको मुद्दति निक्षेपमा रकम राख्नु र म्युचुअल फण्डमा लगानी गर्नुमा कुन बढी प्रतिफलयुक्त छ भनेर तुलना गरेका छौं । नेपाली बजारमा संचालनमा आएका ६ वटा म्युचुअल फण्डले प्रदान गरेको प्रतिफल र बैंकिङ क्षेत्रले प्रदान गरेको मुद्दति निक्षेपको व्याज तुलना गर्दा मुद्दति निक्षेपमा पाइने प्रतिफल भन्दा म्युचुअल फण्डमा लगानी गर्दा बढी प्रतिफल प्राप्त हुने तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार म्युचुअल फण्डले औसत प्रतिफल २३.९५ प्रतिशत दिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपमा औसतमा ८.४ प्रतिशत प्रतिफल दिएका छन् । यो तथ्यांक अनुसार म्युचुअल फण्डले प्रदान गर्ने प्रतिफल बैंकको मुद्दती निक्षेपको तुलनामा झण्डै ३ गुणाले बढी देखिन्छ ।

 

म्युचुअल फण्डले प्रदान गर्ने प्रतिफल बैंकको मुद्दति निक्षेपको भन्दा बढी हुने भएपछि बैंक तथा वित्तीय संस्थाहरुमा व्यक्तिगत मुद्दति निक्षेप घट्न सक्ने आलकन गरिएको छ । बैंकहरुले ‘भद्र सहमति’को नाममा व्याजदरमा सीमा तोक्ने जस्ता कार्य गरेर निक्षेपकर्ताको आम्दानीमा नियन्त्रण गरिरहेको अवस्थामा म्युचुअल फण्ड अर्काे राम्रो विकल्प हुने देखिएको छ ।

One comment on "संकटमा व्यक्तिगत मुद्दती, बैंकको मुद्दतीमाभन्दा म्युचुअल फण्डको लगानीमा झण्डै तेब्बर बढी प्रतिफल"

  • subash says:

    The return of the above mentioned mutual funds are higher as there were only few mutual funds & the IPO were allocated to those mutual funds only. The return were high because of large ipo allocated to them rather than there efficient management. However, if you consider must of the mutual funds few month most of the NAV were negative. So, it is beneficial to invest in stock than in mutual funds due to their high operating cost.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.