आज दिनभरः नेप्सेको रफ्तार रोकिएन, सरकारले बजेट खर्च गर्न सकेन

  २०७७ माघ ११ गते १८:४०     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि सरकारले उल्लेख्य रुपमा बजेट खर्च गर्न सकेको छैन । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गर्दा बजेट उल्लेख्य रुपमा खर्च नभएकाे देखिएकाे हाे । समीक्षा कार्यक्रममा प्रस्तुत जानाकरी अनुसार २०७७ पुससम्ममा पूँजीगत खर्च ५० अर्ब ८२ करोड रुपैयाँ (१४.४ प्रतिशत) र चालू खर्च ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ (३६.०८ प्रतिशत) रहेको छ । यस्तै वित्तीय व्यवस्था २२ अर्ब ५७ करोड रुपैयाँ (१३.०६ प्रतिशत) रहेको छ ।

यस्तै, सेयर बजारले दैनिक रेकर्ड कायम गरिरहेकाे छ । केही साता यता सेयर बजारले रफ्तार कायम गर्दै नयाँ नयाँरेकर्ड कायम गरिरहेकाे हाे ।

६ महिना बितिसक्दा पनि उल्लेख्य बजेट खर्च भएन

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा अर्थ मन्त्रालयले बजेटको समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा प्रस्तुत जानाकरी अनुसार २०७७ पुससम्ममा पूँजीगत खर्च ५० अर्ब ८२ करोड रुपैयाँ (१४.४ प्रतिशत) र चालू खर्च ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ (३६.०८ प्रतिशत) रहेको छ । यस्तै वित्तीय व्यवस्था २२ अर्ब ५७ करोड रुपैयाँ (१३.०६ प्रतिशत) रहेको छ ।

सेयर बजारमा अविवाहित महिलाले कमाउँछन् धेरै

सेयर तालिमका क्रममा कम्पनी छनौट गर्ने गृहकार्य दिँदै थिएँ । एक पुरुष सहभागीले अलि दवावमा भने, ‘यति छोटो समयमा यतिका गृहकार्य गर्न कसरी भ्याउने होला ?’ मैले उनको ‘प्रश्न’को सीधा उत्तर दिइनँ । यति भनेँ, ‘छोटो समयमा काम कसरी सक्ने भन्ने कुरा छेवैमा बस्नुभएकी महिला सहभागीलाई सोध्नुहोला । अँ ! घरमा गएर श्रीमतीलाई सोध्नुभए पनि हुन्छ ।’

टेस्ला इन्कको बाटोमा नेपाल लाइफ

नेपाली जीवन बीमा बजारको जायन्ट कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका सेयरलाई प्रतिकित्ता ५० रुपैयाँ गर्ने विशेष प्रस्ताव आगामी वार्षिक साधारणसभा पेश गर्दैछ । कम्पनीले गर्न लागेको यो व्यवस्थालाई प्राविधिक भाषामा ‘स्प्लिट’ भनिन्छ ।

भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न अध्यक्ष गोल्छाको माग

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गरेका छन् । भन्सार विभागले गरेको सर्वेक्षण सराहनिय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै छिटो सार्वजनिक गर्न माग गरेका हुन् ।

नेप्सेले एनसीसी बैंकलाई सोध्योः कम्पनीकाे सेयर मूल्य एक्कासी किन बढ्याे ?

आइतबार नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकको सेयर मूल्य एक्कासी बढेसँगै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले कम्पनीसँग स्पष्टिकरण मागेकाे छ । कम्पनीकाे सेयर मूल्यमा असर पार्ने सूचना तथा निर्णय केही गरेकाे हाे भने त्यसकाे जानकारी गराउन नेप्सेले बैंकसँग जवाफ मागेको हो ।

सेयर बजार ५० अंकले बढ्दा ९ अर्ब बढीको कारोबार

आइतबार सेयर बजार ५०.२० अंकले बढेर २४२४.८४ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि बिहीबार ३१.८७ अंकले बढेर २३७४.६४ बिन्दुमा पुगेको थियो । आज कारोबार रकम पनि बढेको छ ।

अनुचित व्यापारिक कारोवार गर्ने १०९ पसल कारवाहीमा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक महिनामा १०० भन्दा बढी फर्मलाई कारवाही गरेको छ । विभागले अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै गत पुसमा १०९ फर्मलाई कारवाहीस्वरुप जरिवाना गरेको हो ।

आइतबार घट्याे सुनकाे मूल्य

आइतबार सुनकाे मूल्य घटेकाे छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा काेराबार भइरहेकाे सुनकाे आइतबार ३०० रुपैयाँले घटेर प्रतिताेला ९२ हजार ६ सय रुपैयाँ पुगेकाे हाे ।

कृषिमा एकद्वार प्रणाली

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र पशुसेवा विभागले आफ्ना कार्य एकद्वार प्रणालीमा ल्याउने भएका छन् । आयात–निर्यात व्यापारमा सहजीकरण ल्याउने उद्देश्यले आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सम्झौता गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.