सबै योजना मन्त्रीज्यूको खल्तीमा जाँदा गाउँपालिकामा समस्या भयोः अध्यक्ष मगर

  २०७७ माघ ११ गते १८:२५     विकासन्युज

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण धेरै क्षेत्रमाअसर पुर्याएको छ । यसले स्थानीय तहले गर्ने काम, यसका योजना तथा कार्यक्रममा ठूलो बाधा पुगेको छ । बागमती प्रदेश सिन्धुली जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो तीनपाटन । कोरोनाको समयपछि गाँउपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? गाँउपालिकाका ठुला योजना तथा परियोजनाहरु के के छन् ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो ? भन्नेलगायतका विषयमा सो गाँउपालिकाका अध्यक्ष कर्ण बहादुर मगरसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः


गाँउपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ, हालको अवस्था कस्तो छ ?

गाँउपालिकामा कोरोना भाइरसले ठुलो असर पुर्याएको छ । गाँउपालिकामा एक प्रकारको त्रास पनि फैलियो । गाँउपालिकमा प्रवेश गर्ने नाकाहरुमा हेल्थ डेक्सको पनि स्थपना गर्यौं । भारत लगायत देशबाट आएका व्यक्तिलाई कोरोना पोजेटिभ देखिएको छ । हामीले गाँउपालिकमा राहात प्याकेज पनि वितरण गरेका थियौं । हामीले विभिन्न संघ संस्था, विद्यालयमा स्यानिटाइजर,माक्स पठाएका थियौं । कोरोनाको समयमा विद्यालय बन्द गर्यौं । प्राथमिक स्वास्थ्य क्षेत्रलाई तोकेर वडा अनुसारका विद्यालयमा क्वारेन्टिनको स्थापना गरेका थियौं । कोरोनाको समयमा जस्तो अहिले गाँउपालिकमा डर छैन ।

कोरोनाको समयपछि गाँउपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ?

गत आर्थिक वर्षको चैतमा हामीले जब लकडाउन सुरु भएपछि हामीसँग रहेको बजेटलाई पनि गाँउसभा बाट तानेर १ करोड ६० लाख रुपैयाँ पैसा बजेटको रुपमा फिर्ता ग¥यौं । कोरोनाको समयमा यसलाई खर्च गरेर बाँकी रहेका योजना चालु अवस्थामा थियो । हामीले यो काम मेशिनको काम कम गर्ने जनतालाई काम बढी दिने योजना पनि छ । यो वर्ष पनि विकास निर्माणको काममा बढीभन्दा बढि गाँउपालिकाका जनतालाई सेवा दिने काम पनि गरिरहेका छौं । अहिले हामीसँग प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत २ करोड रुपैयाँ बजेट आएको छ । गाँउपालिकमा सडक विकासको हिसाबले एकदमै पछि परेको छ । गाँउपालिकामा रहेको सडक पिच गर्नेको लागि २ वर्ष भित्र केन्द्र सरकार मा पुग्ने छ ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ?

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वयमा पहिला देखिनै दुविधा हुँदै आएको छ । सबै योजना सासंद तथा मन्त्रीज्युहरुको खल्तीमा जाँदा गाउँपालिकामा काम गर्न समस्या भइरहेको छ । गाँउपालिकले कार्यान्वयनका लागि पठाएको योजना एउटा पनि परेको छैन । पार्टीगत आस्थाले नै काम गर्ने वातावरण सिर्जना नै भएको छैन । प्रदेशबाट नै कार्यकर्तामुखि बजेट आउने गर्छ । यसले गाउँपालिकाका योजनाहरु अगाडि बढाउन समस्या नै हुन्छ ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् ?

हामीसँग बजेटको अभाव छ । यसलाई कार्यान्वयन गर्दा सबैको चित्त बुझ्दैन । राजनीतिक चिन्तन नै विकासको ठूलो बाधक बनेको छ । कार्यकर्ताको इच्छामा बजेट आएको हुनाले विकास निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकार गाँउपालिकाको मुख्य सरकार हो । सबै स्रोत बजेट आउने भनेको नै केन्द्र सरकारबाट हो । केन्द्र सरकारले स्थानीय सरकारलाई स्वतन्त्र ढङगले छोडेको छ । स्थानीय सरकारनै बलियो हुनु पर्छ भन्ने केन्द्र सरकारको धारणा छ । केन्द्र सरकारले पठाउने राजस्व बाँडफाँड यी सबै बजेटहरु नियोजित ढङगले, जनसंख्याको हिसाबले भुगोलको हिसाबले बजेट विनियोजन गर्दै आएको छ । गाँउपालिकमा केन्द्र सरकारबाट ६४ करोडको रुपैयाको हाराहारीमा वार्षिक बजेट विनियोजित हुने गरेको छ ।

गाँउपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के छन् ?

गाँउपालिकामा हामीले खुद्रा काम गर्ने थालेका छौं । गाँउपालिकमा ठूला सडकको पिच गर्न सक्ने अवस्था छैन । हाम्रो गाँउपालिका जस्तो भुभाग भएको ठाँउमा १ कि.मि पिच गर्ने ३ करोड ५० लाख रुपैयाँमा खर्च हुन्छ ।
गाँउपालिकामा ११ वटा वडा छन् । सबै ठाउँमा बिजुलि, सडक चाहिएको छ । गाँउपालिकामा राष्ट्रिय स्तरको नेता नजोडिएकोले पनि ठूला मेगा प्रजेक्टहरु पर्ने सकेको छैन । तर प्रदेश सरकारको ४३ करोड रुपैयाँ बराबरको ठेक्का आव्हान गरेर २४ करोड रुपैयाँमा गाँउपालिकाका जानको लागि १४ कि.मि बाटोको पिच गर्ने काम सुरु भएको छ ।

गाँउपालिकामा कस्तो किसिमको योेजनालाई प्राथमिकता राखेर काम गरिरहनु भएको छ ?

गाँउपालिकाले सडकलाई बढी प्राथमिकता राखेको छ । कृषि क्षेत्रलाई पनि बढी प्राथमिकता दिएको छ । कृषि क्षेत्रलाई पकेट क्षेत्रको रुपमा घोषणा गर्ने र यसलाई ठूलो बजेटको रुपमा बढाउने योजना हाम्रो छ । हाल यिनै विषयहरुलाई प्राथमिकता दिइरहेका छौं ।

आफ्नो गाँउपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ?

हाम्रो गाँउपालिकामा धेरै पर्यटक आउने सम्भावना कम भएको ठाँउ हो । गाउँपालिमा एउटा ठुङगरी नदी भन्ने छ । यो स्थानलाई पर्यटक स्थल बनाउने मेरो लक्ष्य छ । जमावती गुफालाई धार्मिक र पर्यटकिय क्षेत्र बनाउनको लागि ५० लाख रुपैयाँ राष्ट्रिय योजना आयोगले बजेट छुट्याएको छ । यसको लागि हामीले टेन्डर आव्हान गर्दैै छौं । ठुलो पर्यटक स्थल बनाउन चाहिँ सम्भावना छैन ।

कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ?

कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठुलो असर पुर्याएको छ । शिक्षा क्षेत्रको सामुदायिक विद्यालयप्रति अभिभावको आकर्षण घटेकोे छ । केहि महिना गाँउपालिकामा रहेका विद्यालयहरु बन्द पनि भएका छन् । कोरोनाले गर्दा शिक्षा क्षत्रलाई सुधार गर्ने धेरै समय लाग्छ । गाँउपालिकामा अनलाइन सिस्टमले पनि पठन पाठन गर्यौं । तर अनलाइन सिस्टम पनि प्रभावकारी बनेन । कोरोनाको प्रभाव नपरेका ठाँउमा सामाजिक दूरी कायम गरी पठन–पाठन सञ्चालन गर्यौं । हाल गाँउपालिकामा कोरोनाको प्रभाव छैन । गाँउपालिकामा रहेका सबै विद्यालयको पठन–पाठन निरन्तर रुपमा सञ्चालन भइरहेका छ ।

गाँउपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

कृषिमा गाँउपालिकाले अनुदान दिने गरेको छ । कृषकहरुलाई ५० प्रतिशत लगानी गर्नुहोस् हामी गाँउपालिकाको तर्फबाट ५० प्रतिशत अनुदान दिन्छौं भनेका छौं । हामीले अहिले साझेदारीमा कृषि सम्बन्धि काम गरेका छौं । किसानहरु पनि अहिले उत्साहित छन् । कृषि विकास बैंकले पनि कृषकहरुलाई ऋण दिइरहेको छ । प्रदेश सरकारले पनि ३ अर्ब पैसा राखेर कृषि विकास बैंक माफर्त ५ लाख र १० लाख रुपैयाँको ऋण दिइरहेको छ ।

थेरै भएपनि ३ प्रतिशत ब्याजमा पाउने भएपछि कृषकहरु उत्साहित नै छन् । यसकोे लागि हामीले स्थलगत अनुगमन गरेर मात्र दिने व्यवस्था मिलाएका छौं । मुख्य उत्पादनको रुपमा धान खेति नै छ । कृषिको लागि गाँउपालिकमा रहेका कृषकहरुलाई उन्नत जातका मकै, धान आदिको विउ वितरण गर्दै आइरहेको छौं । कृषि क्षेत्रको लागि गाँउपालिकाले २ करोड रुपैयाँ बजेट छुटाएको छ ।

गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

गाँउपालिकामा रहेको जति पनि निर्माण काम भइरहेको त्यसमा युवा स्वरोजगारको फारम भरेर त्यहीँ रोजगारदिलाउने पनि गरेका छौं । युवाहरुलाई कृषि क्षेत्रमा अगाडि सारेका छौं । धेरै मात्रामा युवाहरुको कृषि क्षेत्रमा संलग्नता छ ।

गाँउपालिकामा मानिसहरु प्रायः के कस्ता समस्याहरु लिएर आउने गर्छन् ?

गाँउपालिकामा मानिसका धेरै ठूलो समस्या त रहेको हुँदैन । तर, पनि खानेपानी, बिजुलि, सडक पुगेन जस्ता समस्याहरु लिएर आउने गरेका छन् ।

तपाइँको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना छ ?

मेरो कार्यकालमा गाँउपालिकालाई विकसित बनाउने योजना छ । तर हाल हामी गाँउपालिकाको कार्यालय पनि भाडामा रहेको छ । अब बाँकी रहेको कार्यकालमा विद्युत सबै ठाउँमा पुगिसकेको हुनेछ । सबै वडाका वडा भवनहरु भाडामा नभइकन आफ्नै वडा भवनको निर्माण हुनेछ । सबै वडाका स्वास्थ्य भवनको निर्माण हुनेछ । भौतिक संरचनाको निर्माण पनि गर्ने नै छौं । वडा कार्यालयसम्म जाने सडकको ग्राबेल भइसक्छ । बजारको पनि व्यवस्थापन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.