गरिमा विकास बैंकद्वारा बिना चेक पैसा झिक्न मिल्ने सेवा सुरु

  २०७७ माघ ११ गते १६:२७     विकासन्युज

काठमाडाैं । गरिमा विकास बैंकले बिना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्युआर काेडलाई स्कान गरी पैसा झिक्न मिल्ने “स्मार्ट टेलर”को सुरुवात गरेको छ ।

हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध छ तर बैंकले चाडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ ।

डिजिटल बैकिङ्गलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहकवर्गहरुमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भित्राउन गरिमा विकास बैंक सधै तत्पर रहने यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल ज्यूले बताउँछन् ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.