नागरिक एप प्रयोग गर्न निःशुल्क मोबाइल डेटा

  २०७७ माघ ११ गते १३:३८     विकासन्युज

काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको नागरिक एप परिक्षणकै क्रममा छ । सरकारले यो एपको अत्यधिक प्रयोग बढाउन प्रयोगकर्ताहरुलाई मोबाइल डेटा निःशुल्क गर्ने भएको छ । एनटिसी र एनसेल दुबै मोबाइल प्रयोगकर्ताहरुले डेटा निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल डेटाका लागि एक बेग्लै समिति गठन गरेर आवश्यक प्रक्रिया अगाडि बढाईसकेको छ । नेपाल टेलिकमलाई सर्भरको डिटेल समेत उपलब्ध गराइसकिएको मन्त्रालयले जनाएको छ । नेपाल टेलिकमले पनि आवश्यक गृहकार्य सुरु थालिसकेको छ । सरकारले धेरैजसो सरकारी सेवा सुविधा नागरिक एपबाट उपलब्ध गराउने लक्ष्य राखेको छ ।

सेवाप्रदायक कम्पनिहरुसँग नागरिक एप चलाउँदा मोबाइल डेटा चलाउँदा निःशुल्क हुने व्यवस्था गर्न छलफल समेत भईसकेको छ । एप डाउनलोड गर्दा भने त्यसमा भने शुल्क लाग्नेछ । डाउनलोडपछि एप चलाउँदा भने निःशुल्क गर्ने व्यवस्था गरिएको छ । कहिलेदेखि यो सेवा सञ्चालन हुने भन्ने निर्णय भईसकेको छैन । एनसेलले निश्चित महिनाका लागि मात्र डेटा फ्री गराउन सकिने जनाएको छ ।

नेपालकै ठूलो मोबाइल सेवाप्रदायक स्मार्ट सेलसँग डेटा निःशुल्कबारे छलफल नै नगरिएको बताईएको छ । नागरिक एपमा आवद्ध नभएको र यसका प्रयोगकर्ताहरुको संख्या पनि कम भएकाले स्मार्ट सेलसँग छलफल नगरिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.