एनआरएन इन्फ्रास्ट्रक्चरले प्रुडेन्सियल रि-इन्स्योरेन्समा लगानी गर्ने

  २०७७ माघ ११ गते १२:५५     विकासन्युज

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले प्रुडेन्सियल रि-इन्स्योरेन्स कम्पनीमा लगानी गर्ने भएको छ । कम्पनीले प्रस्तावित प्रुडेन्सियल रि-इन्स्योरेन्समा संस्थापक लगानीकर्ता भई लगानी गर्ने भएको हो ।

हालै बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीले उक्त रि-इन्स्योरेन्समा १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

कम्पनीको बैठक गत माघ ८ गते अपरान्ह ४ः१५ मा बसेको थियो । साे बैठकले उक्त रि इन्स्योरेन्स स्थापना गर्दा कम्पनीको तर्फबाट प्रतिनिधित्व गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) उषा खतिवडालाई अख्तियारी दिएको छ ।

यसका साथै, उक्त प्रकृयामा हस्ताक्षर लगायत अन्य आवश्यक जुनसुकै कार्य गर्न गराउनका लागि सीईओ खतिवडालाई सम्पूर्ण अख्तियारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.