आर्टिफिसीयल इन्टेलीजेन्स भएको एल.जी.को वासिङ मेसिन बजारमा

  २०७७ माघ ११ गते १३:१०     विकासन्युज

काठमाडौं । एल.जीको आर्टिफिशियल ईन्टेलीजेन्स मोटर भएको वासिङ मेसिन नेपाली बजारमा आएको छ । यस वासिङ मेसिनमा रहेको यस प्रविधिले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाई र कपडाको धुनेको साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउँछ ।

यस वासिङ मेसिनमा स्टिमाप्लस टिएम प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्नु, राम्रो धुलाई दिनकाे साथै ३० प्रतिशत कपडाहरुलाई खुम्चिनबाट बचाउँदछ ।

यस मेसिनले आवश्यकता अनुसार उच्च र कम गति पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साईकल पुरा गर्दछ जसले विजुली र समयको बचत पनि गर्छ । यसमा मिसालिङगेड १०० प्रतिशत स्टेनलेस स्टिल लिफ्टर छ जसले गर्दा कपडाहरुमा रहेको किटाणु नष्ट भइ कपडालाई गनाउन दिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.