नबिल बैंकका नवनिर्वाचित दुई सञ्चालकले गरे पदबहाली

  २०७७ माघ ११ गते १२:२०     विकासन्युज

काठमाडौं । नबिल बैंकको नवनिर्वाचित सञ्चालक अनन्त पौड्याल र प्रविन टिवडेवालाले पदबहाली गरेका छन् । दुई सञ्चालक पौड्याल र टिवडेवालाले माघ ९ गते कम्पनी सञ्चालक समितिको बैठकबाट पदबहाली गरेका हुन् ।

सञ्चालक पौड्याल र टिवडेवाला गत पुस २९ गते सम्पन्न बैंकको ३६औं वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा चयन भएका हुन् । सभाले उनीहरु दुबैलाई बैंकको सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा चयन गरेकाे हाे ।

सम्बन्धित समाचार

नबिल बैंकको ३५ प्रतिशत लाभांश पारित, सञ्चालकमा पौड्याल र टिवडेवाला निर्वाचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.